विद्यालय वन्द हुँदा शिक्षक विद्यार्थी दुवै खुशी !

विद्यालय वन्द हुँदा शिक्षक विद्यार्थी दुवै खुशी !

दैलेख, वैशाख १९ – विद्यालयमा पढ्दा–पढाउँदा सीप, ज्ञान बढ्छ । सीप, ज्ञान बढ्ने अवसरका लागि शिक्षक विद्यार्थी दुबै खुशी हुनुपर्ने हो तर दैलेखका त्रिवेणी संगम मावि चुप्रामा भने विद्यालय बन्द हँुदा शिक्षक विद्यार्थी दुबै खुशी हुने गरेको पाइएको छ । IMG_20170501_122245[1]
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी कार्यक्रमले त्रिवेणी संगम मावि चुप्राबजारमा हिजो आयोजित विद्यार्थी र विद्यालय सवाल वैठकमा सहभागीहरुले त्यस्तो कुरा खुलाएका हुन् ।
विद्यालयका प्रधानाध्यापक ओमबहादुर पराजुलीले भने ‘सबै त होइन, धेरैजसो विद्यार्थी विद्यालय बन्द भएकै खुशी हुन्छन् ।’ पराजुलीले अगाडि भने ‘शिक्षकहरु पनि विद्यार्थी कम भएको दिन आज नपढ्ने है भनेर विद्यार्थीसंग नपढाउने सहमती लिन्छन् ।’
कार्यक्रममा सहभागी डुंङ्गेश्वर गाउपालिका १ नं. वडा बेलपाटाका वडासचिव तिलक कार्कीले सरकारी विद्यालयमा शुल्क तिर्नू नपर्दा विद्यार्थी र अभिभावकले पढाईप्रति चासो कम देखाएको आफ्नो अनुभूती सुनाए ।
इन्सेकको इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता अमर सुनारले शिक्षक, विद्यार्थी र अभिभावकको सरकारी विद्यालयको शैक्षिक गुणस्तर, विद्यालय र समुदायमा बालमैत्री शिक्षण विधि, अभिभावकमा शैक्षिक जागरणका लागि अभिभावक भेला गर्नुपर्ने सुझाव दिए ।
मानव अधिकार निगरानी समूह बेलपाटाकी संयोजक पार्वती खत्रीको अध्यक्षतामा सो कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकको समेत सहभागिता थियो ।

प्रतिक्रिया