महिनावारी सरसफाई तालिम

महिनावारी सरसफाई तालिम

दैलेख, वैशाख २२ – महिला तथा बालबालिका कार्यालय दैलेखले चामुण्डामा हजार दिनका आमा तथा परिवारको पोषण ज्ञान र महिनावारीको समयमा महिलाको स्वास्थ्य सरसफाई सम्वन्धी अभिमुखीकरण शिक्षक, अभिभावक, विद्यार्थी, महिला स्वास्थ्य स्वयमसेविका लगायतलाई विभिन्न चरणका तालिम दिएको छ । News Chamnunda WCO (3) News Chamnunda WCO (1) News Chamnunda WCO (2)
जिल्ला समन्वय समिति मार्फत सञ्चालन भइरहेको बहुक्षेत्रीय पोषण योजना कार्यक्रमको जिल्लामै पहिलो सचेतना कार्यक्रमको रुपमा शिक्षक, अभिभावक, विद्यार्थी, महिला स्वास्थ्य स्वयमसेविका समेत समाजका अगुवाहरुलाई अभिमुखीकरण गरिएको महिला विकास निरीक्षक मनसरा शाहीले जानकारी दिइन् ।
महिलालाई महिवारीको समयमा छाउगोठमा बसाल्ने, दूध दही खान नदिने लगायतका पुरातन कुसंस्कार तोड्दै त्यसबेला महिलाको स्वास्थ्य सरसफाईको महत्व, सुरक्षा र आरामको लागि परिवार तथा समाजको सहयोग अभिबृद्धि गर्न सचेतनामूलक अभिमुखीकरण क्रियाकलाप सुरु गरिएको र अभियानलाई निरन्तरता दिइने महिला विकास अधिकृत अनिता ज्ञवालीले बताइन् ।
सहायक महिला विकास निरीक्षकहरु सरला रेग्मी र पार्वती बोगटी समेत सहभागी अभिमुखीकरण तालिममा शिक्षक, अभिभावक, विद्यार्थी, महिला स्वास्थ्य स्वयमसेविका लगायत हजार दिनका आमा तथा परिवारको पोषण ज्ञान बढाउने सैद्धान्तिक र व्यहारिक ज्ञान दिइएको बताइएको छ । वैशाख १८ गतेदेखि २२ गतेसम्म विभिन्न चरणमा सञ्चालन भएका तालिमहरुमा स्थानीय कृषि बस्तुबाट प्राप्त पोषण र उपयोगिता विधि बारे समेत ज्ञान दिइएको थियो ।

प्रतिक्रिया