सभामुख न्यालय र व्यवस्थापिकाको द्धन्द्ध समधान गर्ने मुडमा

सभामुख न्यालय र व्यवस्थापिकाको द्धन्द्ध समधान गर्ने मुडमा

२४ बैशाख, काठमाडौं । सभामुख ओनसरी घर्तीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटै अंगको क्षेत्राधिकार संविधानले तोकेको हुँदा सबैले आफ्नो सीमामा बस्नुपर्ने बताएकी छिन् ।

घर्तीले अदालतको नाम उच्चारण नगरे पनि महाअभियोग प्रस्तावतर्फ लक्षित गर्दै त्यसमा संसदको विशेषाधिकार रहेकाले अदालतले हस्तक्षेप गर्न नमिल्ने संकेत गरिन् ।व्यवस्थापिका संसदको शंकर हलमा आइतबार आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा बोल्दै सभामुख घर्तीले संसदमा प्रवेश गरिसकेको विषयमा संसदको विशेषाधिकार रहने बताइन् ।

उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकावीच बढेको तिक्ततालाई सम्वादको प्रक्रियाबाटै समाधान गर्न लागि दलहरुलाई समय दिने उद्देश्यले जेठ ४ गतेसम्म संसद स्थगन गरेको जानकारी दिइन् ।

 

प्रतिक्रिया