प्रजिअद्वारा सेभ द चिल्डे«न र सोसेकलाई धन्यवाद

प्रजिअद्वारा सेभ द चिल्डे«न र सोसेकलाई धन्यवाद

दैलेख, जेठ २९ – दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले अपाङ्गता भएका बालबालिका सम्वन्धी तथ्यांकको निम्ति धन्यवाद दिनुभएको छ । जिल्ला बाल कल्याण समितिको नियमित बैठकको क्रममा जिल्लामा अपाङ्गता भएका बालबालिकाको अवस्था बारे हालै गरिएको सर्वेक्षण सम्वन्धी तथ्यांकको जानकारी गराइएकोमा उहाँले सो कार्यको निम्ति धन्यवाद दिनुभएको हो । IMG_20170612_161141
सेभ द चिल्ड्रेनले साझेदार संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत समस्याबाट पीडित ७३ बालबालिकालाई शिक्षा सहयोग र २ वटा विद्यालयको भौतिक निर्माण समेत सहयोग गरेको, कुल १ सय ४२ जना बालबालिकासंग गरिएको अन्तरवार्ताका आधारमा परिचयपत्र लिने प्रक्रिया बारे थाहा नभएको, लिएकाहरुले पाउनु पर्ने सुविधा र प्रोत्साहन नपाएका उनीहरुले टिप्पणी गरेको सेभ द चिल्डे«ेनका जिल्ला संयोजक अम्बिकाप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।
जिल्ला बाल कल्याण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको अध्यक्षतामा भएको जिल्ला बाल कल्याण समितिको बैठकमा सशस्त्र द्वन्द्व पीडित बालबालिकाहरुको राहत तथा पुनर्स्थापनाको अवस्था, शैक्षिक सामग्री वितरण, दुल्लूको श्रोत कक्षाको व्यवस्थापन सहयोग खोज्ने लगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया