दैलेख पूर्ण खोप युक्त जिल्ला

दैलेख पूर्ण खोप युक्त जिल्ला

दैलेख । दैलेख जिल्लालाई आइतबार पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै शिषुहरु खोपको पहुँच भएपछि पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको हो ।
दैलेखका सांसद अम्मरबहादुर थापा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले आइतबार दैलेख सदरमुकाममा आयोजित एक विशेष कार्याक्रमका साथ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका छन् । घोषणा कार्यक्रममा बोल्दै सांसद थापाले दैलेखलाई पूर्ण खोप युक्त जिल्ला बनेकोमा दैलेखवासीले गर्व गर्नुपर्ने बताए । उनले यो अभियानमा सहयोग गर्ने सरोकारवालाई धन्यवाद दिँदै यो निरन्तर प्रक्रिया भएकाले आगामी दिनमा पूर्ण खोप युक्त बनाउन लागि पर्नुपर्ने बताए ।3333
यस्तै महानिर्देशक पन्तले सरकारले यो अभियानलाई उच्च प्रथामिकताका साथ अगाडी बढाएको भन्दै खोप नपाए बच्चाको ज्यानसमेत जान सक्ने जोखिम हुने बताए । उनले आजको बच्च स्वस्थ भए नेपालको भविश्य उज्यालो हुने भन्दै यो अभियान सबैको भएको बताए । उनले स्वास्थ्यकर्मीले बढि जिम्मेवारी लिनुपर्ने भए पनि नागरिक समाजको पनि यसमा महत्वपूर्ण भुमिका हुने बताए ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डाक्टर शोभित बस्नेतले अभियान सफल गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि पूर्ण खोपका लागि समाज जागरुक हुनुपर्ने बताए । उनले हाल जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी गराएका थिए ।
२०७१ वैशाख १४ गते साविकको लाँकुरी गाविसबाट सुरु भएको पूर्ण खोप युक्त गाविस घोषणा कार्यक्रम २०७३ चैत्रमा पिपलकोटमा पुगेर सकिएको थियो । बच्चा जन्मेपछि एक वर्षको हुँदा सम्म दिनुपर्ने विभिन्न रोगविरुद्धका ११ वटा खोपको पहुँचमा बालबालिका भएको अवस्था नै पूर्ण खोप युक्तको अवस्था हो । ७५ वटा जिल्ला मध्ये दैलेख २७ औं पूर्ण खोप युक्त जिल्ला हो भने यस प्रदेशमा स्थानीय निकायको निर्वाचनपछि घोषणा भएको पहिलो जिल्ला हो ।

प्रतिक्रिया