विद्यालयमा बालमैत्रीपुर्ण धारा निमार्ण

विद्यालयमा बालमैत्रीपुर्ण धारा निमार्ण

दुर्गा वि.सी
सल्यान, बन्गाड कुपिण्डे नगरपालीका ५ मा रहेको त्रिभुवन जनता मावि शंखपिपल च्युरा सल्यानले बालमैत्री खानेपानीका धारा निमार्ण गरेको छ । जिल्ला शिक्षा कार्यलय सल्यानबाट प्राप्त १ लाख अनुदानमा विध्यालयले बालमैत्री पुर्ण खानेपानीका धारा निमार्ण गरेको जनाएको छ । विगतमा बालमैत्री खानेपानीका धारा नहुदाँ स साना कक्षाका विद्यार्थीहरु पानी खाना,हात धुन निक्कै समस्या भएको र अव यसले सजिलो वनाएको विद्यालयका प्रधानाध्यापक पुर्ण प्रसाद जैसीले वताए kupinde

साना विद्यार्थी नानी वाबुहरुलाई पानी खाना हातधुन र सरसफाईमा समस्या रहेको थियो । त्यसै अनुकुलको धाराहरु निमार्ण भए पछि उनिहरुलाई पानी खाना,हातधुन सरसफाईगर्न दोस्रो साहारा नपर्ने भएको विद्यालयले जनाएको छ । यसले विद्यार्थीको शिक्षण क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने जनाएको छ ।

माथिल्ला कक्षामा अध्यायनरत छात्राहरुको महिनावारि भए पछि सुलभ प्याड र सरसफाईको लागि प्याड फाल्ने भण्डारण स्थानको समेत निमार्ण गरेको छ । यसले गर्दा विद्यार्थीको सरसफाई लगाएत शिक्षण क्रियाकलापमा सकारात्म प्रभाव पार्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि विष्टले वताए । यो कार्यले विद्यालयलाई पुर्ण सरसफाईमा सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया