छाउगोठ खोज्दै गाउँगाउँ पुगिन् मदन पुरस्कार विजेता

छाउगोठ खोज्दै गाउँगाउँ पुगिन् मदन पुरस्कार विजेता

दैलेख, असार ८ – सदरमुकाम दैलेख बजारसंगै जोडिएको महाबु गाउँपालिका–३ बाँसीमा अझैं पनि छाउपडी प्रथा कायम रहेको पाइएको छ । जिल्ला समन्वय समितिले हालै गरेको एक सर्वेक्षण तथ्याङ्क अनुसार बाँसीमा मात्र ७ वटा छाउगोठ रहेको छन् ।

Chaupadi Bansi (4)

छाउगोठमा वच्चा सहित वसेका एक महिला
छाउगोठमा वच्चा सहित वसेका एक महिला
छाउगोठ खोज्दै गाउँगाउँ पुगेकी स्वस्थ महिनावारी अभियानका अभियान्ता छाउ गोठमा
छाउगोठ खोज्दै गाउँगाउँ पुगेकी स्वस्थ महिनावारी अभियानका अभियान्ता छाउ गोठमा

Chaupadi Bansi (1)
छाउगोठ नबनाएका सबैजसो घरमा महिलालाई महिनावारीको बेला घरको आगन भन्दा टाढा बारीको कान्लामा भूईंमा ओछ्यान लगाउने र बर्षातको समयमा स्याँकू ओडेर रात बिताउने गरेको बाँसीकी बिमला बुढाले बताइन् ।
महिनावारीको बेला महिलाले छुन नहुने, दूध दही खान नहुने, खान पकाउन नहुने लगायतका अन्धविश्वासी प्रचलनको अवस्था अनुुसन्धानका लागि बाँसी पुगेकी स्वस्थ महिनावारी अभियन्ता ‘खलङ्गामा हमाला’ का लेखिका राधा पौडेलको टोलीले त्यहाँका छाउगोठहरु, महिनावारी भएका महिला र परिवारजनसंग सुक्ष्म अध्ययन गरेको छ ।
महिला तथा बालबालिका कार्यालय दैलेखले छाउपडी प्रथा हटाउन सुरु गरेको स्वस्थ महिनावारी अभियानलाई सघाउन दैलेख आएकी लेखिका पौडेलले सदरमुकाममा नारायण नगरपालिकाका जनप्रतिनिधिहरुलाई २ दिन अभिमुखीकरणसंगै जम्बुकाँध र बाँसीमा समुदायसंग अन्तरक्रिया गरेकी थिइन् ।
अवस्था अध्ययनका लागि बाँसी पुग्दा त्यहाँका राजनीतिकर्मी र सामाजिक अगुवा समेतले छाउगोठको प्रचलन छैन भने पनि यो सम्वाददाता समेत संलग्न लेखिका पौडेलको टोलीले गाउँघरमा पुगी छाउगोठमै बसेका महिलाको फोटो सहितको तथ्य विवरण बताएपछि आफूहरुलाई थाहा नभएको भन्दै खिन्न भए ।
जिल्ला समन्वय समितिले स्थानीय शासन सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)का जनशक्ति परिचालन गरी लिइएको तथ्याङ्क अनुसार जिल्लाभर ५ सय भन्दा बढी घरमा महिनावारी भएका महिलालाई बस्ने छाउगोठ भएको स्थानीय विकास अधिकारी डिलाराम पन्थीले जानकारी दिए ।
सो तथ्यांक सार्वजनिक भएपछि महिला तथा बालबालिका कार्यालयले स्वस्थ महिनावरी अभियान सुरु गरेको छ । ‘सफा छ’ भनेर अलग्गै राखिएको छ भने पनि उनीहरुका लागि अन्याय हुने स्वस्थ महिनावारी अभियन्ता लेखिका पौडेलको भनाई छ । देउताको पूजा समेत गर्न पाउने गरी स्वतन्त्रता दिलाउन स्वस्थ महिनावारी अभियानको नाम दिइएको उनको बताइन् ।
स्वस्थ महिनावारी अभियन्ता पौडेलले ‘खलङ्गामा हमाला’ का लेखेर नेपाली साहित्यको सर्वाधिक लोकप्रिय मदन पुरस्कार पाएकी छिन् । महिनावारी हुँदा महिलाको सरसफाईको मात्र नभएर सहज जीवन यापनको अधिकारको विषयलाई उनले उठाएको एजेण्डालाई महिला तथा बालिबालिका मन्त्रालय र महिला विकास विभागले स्वस्थ महिनावारीको अभियान चलाएको छ ।
लेखिका पौडेलले बाँसी जम्बुकाँधमा फटाफट छाउगोठ देखाइदिएपछि ‘अछामसंग सिमाना जोडिएको क्षेत्रमा मात्र छाउपडी प्रथा छ, पूर्वी दैलेखमा छैन’ भन्नेहरुलाई नाजवाफ बनाई दिएको छ । ‘राधा दिदी आएर छाउपडी प्रथा हटाउने हामीलाई ऊर्जा दिनुभएको छ’ स्वस्थ महिनावारी अभियान प्रभावकारी बनाउछौं महिला विकास अधिकृत अनिता ज्ञवालीले बताइन् ।

प्रतिक्रिया