इलाकाको आयोजनामा परिचयात्मक कार्यक्रम

इलाकाको आयोजनामा परिचयात्मक कार्यक्रम

दुर्गा वि.सी
बन्गाड कुपिण्डे नगरपालीका १ सल्लीवजारमा रहेको इलाका प्रहरी कार्यलयले आज परिचयात्मक कार्यक्रम गरेको छ । भखरै उक्त इलाकामा सरुवाई भई आइका इन्चार्ज चन्द्र कठाउतले उक्त कार्यक्रमको आयोजना गरेका थिए ।

बन्गाड कुपिण्डे नगर सल्लीवजारमा रहेका राजनैतिक दल,निर्वाचित जन प्रतिनिधी,व्यापारि,पत्रकार र सर्वसाधारण नागरिक माझमा परिचयात्मकसँगै यस क्षेत्रको शान्ती सुरक्षाका विषयमा सुझाव सल्लाहा समेत व्यक्त गरिएको थियो । साथै इप्रका ईन्चार्ज कठायतले शान्ती सुरक्षामा हदैसम्म सहयोग गर्न सवैसँग आग्रह गरेका थिए । क्षेत्र ठुलो भएकोले दरवन्दी अनुपात संख्या न्युन र इलाकाको साधान स्रोत तथा आवास राम्रो नहुदाँ इप्रका सल्लीलाई सधै समस्या हुने गरेको कार्यक्रममा उपस्थित नागरिकले गुनासो गरेका थिए । कार्यक्रममा बन्गाड कुपिण्डे नगरपालीकाका मेयर गोविन्द पुन, नगरका कार्यकारी प्रमुख जगत प्रसाद भुसाल वडा अध्यक्ष शान्त कुमारी यरी लगाएतका व्यक्तिहरुको उपस्थिती रहेको थियाे ।

प्रतिक्रिया