नेपाल–भारत सीमा नाका तीन दिनसम्म सिल

नेपाल–भारत सीमा नाका तीन दिनसम्म सिल

19478048_1748852021822321_815491940_n

नेपालगन्ज,

भारतको सीमानाका सोमबार बिहान ७ देखि तीन दिनसम्मका लागि सिल गरिएको छ । असार १४ मा हुने स्थानीय तह निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सबै सीमानाका सिल गरिएको हो।

नेपालगन्जका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थका अनुसार भारतको नेपाल–भारतका सीमावर्ती जिल्लाका उच्च सुरक्षा अधिकारीसँग संयुक्त छलफल गरी तीन दिन अर्थात् आजदेखि बुधबार रातिसम्मका लागि सीमानाका सिल गरिएको हो । निर्वाचन अवधिमा हुनसक्ने सम्भावित आपराधिक गतिविधि रोक्न तथा निर्वाचनलाई सुरक्षित बनाउन दुवै देशका सुरक्षा अधिकारीबीच सीमानाका सिल गर्ने सहमति भएको हो।

सिडियो पन्थका अनुसार चुनावको भोलिपल्ट १५ गतेबाट पूर्ववत् रूपमा सीमानाका सुचारु हुनेछ। यसैबीच, चुनावी सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सीमावर्ती सबै क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र त्यसका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षा स्थानीय प्रशासनले जनाएको छ ।

भारतका तर्फबाट पनि चुनाव अवधिमा सीमावर्ती क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउने र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउने दुई देशका अधिकारीबीच सहमति भएको सीडीओ पन्थले जानकारी दिए ।

प्रतिक्रिया