पहिरोले क्षति

पहिरोले क्षति

जीवन आचार्य
दैलेख, असार २६, अविरल वर्षात पछि आएको पहिरोले माहबु गाउपालिका वडा नम्बर २ र ५ मा रहेका १६ घर दलित सहित २० घरमा क्षति पुराएको छ । माहबु गाउपालिका वडा नम्बर ५ निवासी धु्रुव विकको घर र खेत पहिरोले बगाएको हो ।
पहिरोले गोरेटो बाटो समेत बगाएको छ । यस्तै साविकको काशिकाध गाविस २ स्थित चन्टाकुरा स्थित जोख बहादुर विक र टेक बहादुर विकको घर र खेतमा पहिरो क्षेति गरेको छ ।
यस्तै जिर बहादुर शाही, गोर बहादुर विक, सिहं विक, राज विक,रोशन विक,बाला कामी,रविलाल विक,केश विक,चक्रे दुलाल,रामलाल विक,केश विक,चक्रे दुलाल,रामलाल विक,पाथीराम विक र जुठे विकको घर पनि पहिरोले क्षेति गरेको छ । पहिरोले घर सहित खेतबारीमा क्षेति गरेपछि पिडित परिवार विचल्लीमा परेका छन । साथै पिडितहरुले सहयोग र राहतकालागी पहल गरिदिन सम्बन्धित निकायलाई आग्रह पनि गरेका छन । यसैविच अविरल वर्षातका कारण दैलेख जिल्लाका विभिन्न स्थानमा क्षेति पुगेको छ ।

प्रतिक्रिया