दैलेखमा भूकम्प

दैलेखमा भूकम्प

दैलेख, साउन १ – गएराति दैलेखको नारायण नगरपालिका–१० इटडाँडा केन्द्रबिन्दू भएर ४ रेक्टरको भूकम्प गएको छ । राति १० बजेर २० मीनेटको समयमा पहिलो र त्यसपछि पनि रातिदेखि विहानसम्म ३ पटक पराकम्पन गइरहेकोले स्थानीयहरु राति अबेरसम्म घर छोडेर बाहिर बसेका थिए ।
भूकम्प मापन केन्द्र सुर्खेतले पहिलो भड्का ८ सेकेण्डसम्म रहेको र त्यसपछिका पराकम्पन ४ रेक्टर भन्दा कम रेक्टरको भूकम्प रेकर्डमा नदेखिने भएकोले जानकारी नभएको जनाएको छ ।
राति समय भएकोले जनमानस त्रास फैलाए पनि मानवीय क्षति भने कतै नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एकीन्द्रबहादुर खड्काले बताउन्ुभयो ।

प्रतिक्रिया