छिटो र कम खर्चमा न्याय दिने गरी काम गर्नेछु – प्रधानन्यायाधीश पराजुली

छिटो र कम खर्चमा न्याय दिने गरी काम गर्नेछु – प्रधानन्यायाधीश पराजुली

काठमाडौँ। नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र कम खर्चमा न्याय दिने गरी आफूले काम गर्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ गराएलगत्तै सर्वोच्च अदालतमा आएर प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गर्दै उनले छिटो र कम खर्चमा न्याय दिनका लागि कर्मचारीलाई समयभन्दा बढी काममा लगाएर भए पनि काम गर्ने योजना रहेको बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा  सोमबार आयोजना गरिएको विशेष समारोहमा  नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराउनु हुँदै । तस्बिर, सौजन्यः   राष्ट्रपति कार्यालय, रासस

“सूचना प्रविधिको प्रयोग गरी अनलाइनबाटै म्याद तामेली, तारेख कम खर्चमा गर्न सकिने, असहाय मानिसलाई अदालत शुल्क नलिए हुन्छ कि, कसरी न्यायिक सुधार गर्न सकिन्छ भन्नेतर्फ सोचेको छु” – प्रधानन्यायाधीश पराजुलीलले भने।

आफूले न्यायिक सुधारसम्बन्धी ३९ बुँदे कार्ययोजना तय गरेको र सोहीअनुसार काम गर्ने उल्लेख गर्दै अदालत र बार एशोसिएसनबीच आपसी छलफलबाट काम गर्ने उनको भनाइ थियो । “जता गयो त्यतै गुनासो छ, न्याय ढिला भयो, ढिला न्याय दिनु भनेको न्याय नदिनुसरह हो भन्ने तर संविधानले दिएको जिम्मेवारीभित्र रहेर काम गर्नेछु” – प्रधानन्यायाधीश पराजुलीले थपे । रासस

प्रतिक्रिया