सल्लीवजारको गैलीवजारमा वाढि पस्यो

सल्लीवजारको गैलीवजारमा वाढि पस्यो

दुर्गा वि.सी.
बन्गाड कुपिण्डे नगरपालीकाको सल्लीवजारको गैलीवजारमा वाढि पसेको छ । राती ३ वजेतीर परेको अविरल वर्षाका कारण बन्गाड खोलामा आएको वाढिका कारण आधा दर्जन घरमा वाढि पसेको छ ।bangadh

सल्लविजारको गैलीवजारमा वाढिका कारण पुष्कर वि.सी, लाल वहादुर शाहि, हरि वि.क., हरि ग्रिल उद्योग, विनीता नास्ता पसल, मेघराज गिरी, दिनेश पुनको घर तथा पसलमा खोला पसेको छ । खोलाले पुष्कर वि.सीको लाखौको धनमाल वगाएको छ । त्यसै गरि हरि वि.क.को ग्रिल उद्योगमा रहेको वेल्डिंग मेसिन,बाख्रा र अन्य सर सामान वगाएको छ । घरमा रातीको समयमा खोला पसे पछि उद्धारमा कठिनाई हुदाँ घरमा भएका धेरै समान वगेको छ । मानविय क्षेती नभए पनि धनमालको भने नोक्सानी भएको वताएको छ ।

बन्गाड खोलामा आएको वाढि उक्त वजारमा पसे पछि स्थानीय विस्थापीत भएका छन् । खोलामा भरपर्दो तटवन्धन नभएकोले खोला पसेको जनाएको छ । त्यसै गरि छिन्चु जाजरकोट सडक खण्डमा सञ्चालन हुने यातायातका साधनहरु समेत वारको पार रहेका छन् । खोलामा अत्यधिक पानी वाफ भएकोले गाडिहरु वारपार गर्न सकिरहेका छन्न । सो खोलामा पुल नहुदाँ वर्षामा यातायातका साधनलाई समस्या भएको छ । गए रातीकै अविरल वर्षाका कारण बन्गाड कुपिण्डे वडा ५ मैनेनीका स्थानीय टेक वहादुर पुनको गाईगोठ पहिरोलो वगाएको छ । गाई गोठमा चौपाए केहि स्थान पर रहेको वाँचे पनि गोठ वगाएको पुनले वताएका छन् ।

प्रतिक्रिया