बन्गाड जिउलीमा रोपेको धान बालुवामा परिणत

बन्गाड जिउलीमा रोपेको धान बालुवामा परिणत

दुर्गा वि.सी
बन्गाड कुपिण्डे नगरपालीकाको बन्गाड खोलाले भखरै रोपेको धान खेतमा क्षेती पुर्याएको छ । श्रावण २ गते राती परेको अविरल वर्षाका कारण खेतमा रोपेको धान ुसखाप पारेको छ । बन्गाड देवस्थलको वडा १ अन्र्तगत, वडा ४ र ५ मा पर्ने आसपासको सयौ रोपनी खेत पटान गरेको छ । तत्तकालै रोपेर थकित अवस्थामा रहेका किसानलाई समस्यामा पारेको छ ।

Bangadh News In Sallyan (2) Bangadh News In Sallyan (1)
वाढिले खेत कटान भन्दा वढि पटान गरेको स्थानीय हर्क सिंह विष्टले वताए । १ गते दिउसो रोपेको खेत राती खोलो पसेर बालुवा मय बनाई दिए पछि निक्कै चिन्तीत बन्नु भएको छ । अव पुन विउ पनि नपाईने र फेरी नयाँ खेत निमार्ण गर्नु पर्ने भएकोले ठुलो समस्या वनाई दिएको उहाँको गुणासो छ । त्यसै गरि विष्ट जस्तै सयौ किसानको धान खेती खोलाले पुरी दिएको छ । अधिकांस किसान धान रोपाई गरी सकाएका थिए । तर स्थानी आसपासका खोला र बन्गाड खोलाले समेत खेतहरुमा निक्कै ठुलो क्षेती गरेको छ ।
बन्गाड खोलामा लगाएका तटबन्धन जालीहरु समेत वगाएको छ । प्राविधीक स्टेमेट अनुसार निमार्ण नभएका तटवन्धन जालीहरु पल्टाउनुका साथै अधिकांस ठाउहरुमा वगाएको छ । अर्को तर्फ गाउँ गाउँ पुर्याउनको लागि कच्ची सडक निमार्णले समेत झनै समस्या वनाएको छ । तेहि ठाउँहरु बग्ने माटो ढुङ्गा अत्यधिक मात्रमा वगेर ठुला ठुला पहिराहरु गएका छन् । तेहि परिणाम स्वरुप बन्गाड खोला गहिरो हुनुको सट्टा समतल भएको छ ।
खेतीयोग्य जमिन भन्दा खोलोको भाग उच्च माथि देखिन्छ । यहि जथावाफि सडक निमार्णका कारण आउने ढुङ्गा माटोले गर्दा अव झनै खेती योग्य जमिनमा ठुलो क्षेती हुने कृर्षि सेवा केन्द्रको दावि छ । एकै गाउमा जाने ३ ठाउँबाट सडक निमार्ण भएका छन् । वर्षेनी ३ ठाउँमाबाट डोजरले ट्रर्याक खोलीन्छ अनि सवै भन्दा ठुलो कारण यहि भएको कृर्षि विज्ञहरु वताउछन् । यो तत्तकाल नरोकिए बन्गाड जिउलाका सवै खेती योग्य जमिन मुख्य खोला र सहायक खोलाका कारण वगरमा परिणत हुने अवस्था देखिएको छ । वर्षेनी अर्थहिन तरिकाले एकै गाउँमा ३ ठाउँबाट कच्ची सडक खन्ने गरिएको छ । यो कार्य तत्तकाल नरोकीय किसानलाई ठुलो मार पर्ने अवस्था समेत आउने वताएको छ ।

प्रतिक्रिया