स्थानीय चुनावको रन्को अझै मेटिएन ः ढोग वहेस्कार देखि पानी बाराबार समेत

स्थानीय चुनावको रन्को अझै मेटिएन ः ढोग वहेस्कार देखि पानी बाराबार समेत

दुर्गा वि.सी.
सुर्खेत सिम्ता गाउँपालीकाका केहि वडाहरुमा स्थानीय चुनावको रन्को अझै सेलाएको छैन् । वडा ६ राकम,जामुनेवजार,गोजिवजार,गजँौर लगाएतका क्षेत्रका स्थानीयमा अझै पानी बाराबारको अवस्था छ ।
स्थानीय चुनावमा आफ्नो मन परेको राजनैतिक पार्टिलाई मतदान नगरेको,असहयोग गरेको भन्दै एमाले काँग्रेस शुभ चिन्तक विच चुनाव अघि चिसएिको सम्बन्ध अझै समधुर हुन सकेको छैन् । शिक्षित भनिएका क्षेत्रका टोलहरुमा त यस्तो अवस्था छ अन्य क्षेत्रको त कुरै गरि साध्य नभएको स्थानीय माधव सिंहले वताए । स्थानीय चुनावैकै कारण एक पक्ष अर्कोको धान रोपाईमा नगएको उनको भनाई छ । तेती मात्र नभएर फरक पक्षले ढोग गर्दा अर्को पक्षले मुन्टो भाच्ने गरीएको देखिन्छ ।
चुनाव सम्पन्न भएको २ महिना विती सक्यो तर पनि यहाँका स्थानीयलाई उहि रन्को रहेको कुरा अर्का स्थानीय डिल्ली रेग्मी वताए । टोल टोलमै फरक विचार भएको छिमेकीसँगै कुनै सम्बन्ध छैन बरु मन मिल्ने एउटै विचारका मात्रको भेटघाट आदान प्रदान र सरसहयोग भएको देखिन्छ । तर यतिवेला उक्त क्षेत्रका स्थानीय फरक राजनैतिक विचार भएकालाई समाजबाटै वहिस्कृत गरिरहेका छन् ।
छिमेकमा हरेक खालका समस्या हुदाँ विरामी पर्दा,मलामी जाँदा समेत आफ्नो पार्टिको भए वढि महत्व दिएको देखिन्छ । तर अन्य पार्टिको भए खासै चासो नदिएको स्वं् स्थानीयहरु नै वताउने गरेका छन् । प्रया गरि उक्त वस्तीमा नेपाली काँग्रेस र नेकपा एमाले प्रति आस्थावान स्थानीयमा उक्त स्थाीयको चुनावको चुर अझै सेलाउन पाएको छ्रैन् । स्थानीय चुनावले गर्दा उक्त क्षेत्रका नागरिकमा वर्षौ देखिको सम्बन्ध तोडि दिएको छ । इष्टमित्र नजिकैका आफ्न्त विचमा समेत तेति राम्रो सम्बन्ध सुर्ध्रन सकेको छैन् । एकले अर्कालाई कुरा काट्ने अझै त्यसैमा सामान्य विवाद मचाई हाल्ने र सवै कारण स्थानीय चुनावैले गर्दा निक्कै समस्या भएको उक्त क्षेत्रका स्थानीयको भनाई रहेको छ ।

प्रतिक्रिया