दैलेखमा सात हजार नौ सय एक्तिस मतदाता थपिए

दैलेखमा सात हजार नौ सय एक्तिस मतदाता थपिए

दैलेख भाद्र ५, दैलेख जिल्लामा सात हजार नौ सय एक्तिस मतदाता थपिएका छन् । कार्यालय प्रमुखको वैठकमा प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारीले सो कुरा वताउनु भयो । भाद्र ३ गते सम्म मतदाता नामावली थप गर्ने समय भित्र महिला तिन हजार आठ सय उनासी र पुरुष चार हजार वयालीस थपिएका थिए ।
यसै गरि दैलेख जिल्लामा संचालन भएको घुम्ती शिवीरवाट दुई हजार छ सय पंन्ध्र जनाले नागरिकता वितरण गरिएको जानकारी दिईयो । निर्वाचन क्षेत्रको हिसावले एक हजार नौ सय आठ २ नंम्वर निर्वाचन क्षेत्रमा र सात सय सात १ नंम्वर निर्वाचन क्षेत्रमा नागरिता वितरण गरियो ।

प्रतिक्रिया