महिनावारी सामाजिक बन्देज हो ः पौड्याल

महिनावारी सामाजिक बन्देज हो ः पौड्याल

निर्मल अधिकारी
दैलेख, महिनावारी छाउपडीप्रथा नभएर सामाजिक बन्देज भएको राधा पौड्यालले बताईन् । उनले भनिन् महिनावारीलाई छाउपडीप्रथाकै रुपमा लिएका कारण अहिलेका समस्या उब्जिएका हुन ।

छाउपडीकै विषयमा विद्यावारीधि गर्न दैलेख आएकी पौड्यालले भनिन् महिनावारी शान्ति, विकास र मानव अधिकारसँग सरोकार राख्ने विषय भएकाले यसलाई मर्यादित बनाउन सबै सरोकारवालाको ध्यान जान आवश्यक छ । जसको सवाल उसकै नेतृत्व भनिन्छ तर छाउपडी महिलाको मात्रै सवाल नभएर पुरुषको पनि भएकाले दैलेख जिल्लामा महिलामाथि भएका सामजिक बन्देजलाई बाहिर ल्याउन सहयोग गर्ने पुरुष साथीहरुलाई आफुले सलोट गर्ने पौड्यालले भनिन् ।

नेपालको संविधानको धारा १६ ले सबै नागरिकलाई मर्यादित र सम्मानित जीवनयापनको कुरा गर्छ । महिनावारी भएको ५ दिनसम्म कसैलाई छुन नमिल्ने, फोहरी गोठ, गाई, भैसीसँग बस्नु पर्ने बाध्यता के मर्यादित जीवन हो भनेर उनले प्रश्न गरेकी थिइन् ।
उनले भनिन्, २ महिना अगाडी चामुण्डाविन्द्रासैनी नगरपालिकाका २ किश्वरीले ज्यान गुमाए । यस्ता घट्ना हरेक वर्ष घटिरहन्छन् । तर, पनि हामी अझै हाम्रो संस्कार मानेर कुप्रथालाई जोगाईरहेका छौं । विगतमा छाउपडी गोठ भत्काएर परालको टौवा र त्रिपालको बास बनायौं । अहिले पुनः निर्माण हुदैछन् । त्यसैले गोठ भत्काएर हुदैन् मन भित्रको गोठ भत्काउनु पर्ने पौड्यालले भनिन् ।
पौड्यालसँगै छाउडीका लागि अनुसन्धान गर्न चामुण्डाविन्द्रासैनी नगरपालिका पुगेकि वेलायती नागरिकले भनिन् म पश्चिमा मुलकको मान्छे हु । त्यहा पनि महिलाहरु महिनावारी हुन्छन् । यहाँका महिलाहरुको जस्तो पिडा त्यहाका महिलाले भोग्नु पर्दैन् । मैले देखे महिनावारी भएका महिला गोठमा बसिरहेका छन्, त्रिपालमुनी बसिरहेका छन् । परिवार भित्रै विभेद छ । महिनावरी भएकै कारण फोहर र गाईवस्तुसँगै वस्ने परम्पराले आफु चिन्तित भएको उनको भनाई थियो । महिनावारी प्राकृतिक नियम भएकाले यसलाई सामान्य रुपमा लिन उनले सबैलाई आग्रह समेत गरेकी थिईन् ।
नारायण नगरपालिकाकी उपमेयर सावित्री मल्लले आगामी ५ वर्ष भित्र नारायण नगरपालिकालाई छाउपडीमुक्त नगरपालिका घोषण गर्ने बताईन् । उनले भनिन् महिला माथि हुने जुनसुकै प्रकारका हिंसा वा कुप्रथाका विरुद्ध हामी काम गर्न तयार छौं ।

प्रतिक्रिया