विद्यालय समायोजन गर्ने पहिलो प्राथमिकता ः रिजाल

विद्यालय समायोजन गर्ने पहिलो प्राथमिकता ः  रिजाल

विद्यार्थी र शिक्षक संख्याको आधारमा विद्यालय समायोजन र दरबन्दि मिलान गर्ने पहिलो प्राथमिकता रहेको जिल्ला शिक्षा अधिकारी पूर्णप्रसाद रिजालले बताए । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको संयुक्त साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले आयोजना गरेको २ दिने ‘गुणस्तरीय सिकाई वातावरण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा’ रिजालले बताएका हुन ।

 

कार्यक्रममा वोल्दै जिल्ला शिक्षा अधिकारी पुर्ण प्रसाद रिजाल
कार्यक्रममा वोल्दै जिल्ला समन्वय समितिका ईन्जिनियर हीरासिंह थापा
कार्यक्रममा वोल्दै सोसेकका अध्यक्ष मंजु कुमारी खड्का
कार्यक्रममा वोल्दै सेभ द चिल्ड्ेनका वरिष्ट कार्यक्रम संयोजक आत्माराम भट्टराई


उनले भने, सिकाई निरन्तर चल्ने प्रक्रिया हो । हाम्रो केन्द्रमा जहिले पनि बालबालिका हुन्छन् । बालबालिकाको इच्छा र चाहना अनुसारको सिकाई हुनुनै गुणस्तरीय सिकाई हो । पाठ्यक्रममा तोकिए अनुसारको सिकाई बालबालिकाले प्राप्त गर्नूपर्छ भन्ने आफ्नो मान्यता भएको रिजालको भनाई थियो । हामी जहाँ छौं त्यहीबाट आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने मान्यता राख्ने रिजालले भने, बालबालिकाको सिकाईलाई प्रभावकारी बनाउन सहयोग गर्नुहुन्छ भन्ने मलाई विश्वास छ ।
विद्यालय अनुगमन गर्न जादाँ शिक्षकहरुले भवन निर्माणको माग राख्ने गरेकोमा दुःख व्यक्त गर्दै उनले भने, विद्यालयको लागि योजना माग गर्ने काम शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिको हो । शिक्षक अध्यापन÷अध्यापन कार्यका साथै विद्यार्थीको सिकाई उपलब्धि बृद्धिमानै केन्द्रित हुनु पर्छ । अहिले विद्यालय गाई गोठ जस्ता भएकोमा दुःख व्यक्त गर्दै रिजालले भने अब विद्यालय सरसफाई अभियान सञ्चालन गर्नुपर्छ ।
हाम्रो विद्यालय राम्रो बनाउन के गर्नुपर्छ भन्ने जानकारी अभिभावकलाई नभएकै कारण विद्यालयको सिकाई उपलब्धिमा बृद्धि हुन नसकेको सेभ द चिल्ड्रेन नेपालगञ्जका वरिष्ठ परियोजना संयोजक आत्मराम भट्टराइले बताए । उनले भने, अभिभावक, शिक्षक र विद्यार्थीको संयुक्त सहकार्यबाट मात्रै विद्यालय सुधार गर्न सकिन्छ । गुणस्तरीय सिकाई वातावरण सम्बन्धि विश्वव्यापी रुपमा लागु भएका केही सूचक र नेपाल सरकारले तयार गरेका गुणस्तरीय सिकाई सम्बन्धि मापदण्डहरुको समायोजन गरि सेभ द चिल्ड्रेनले विद्यालयको सिकाई उपलब्धि बृद्धिका लागि लागु गरेको भट्टराईको भनाई थियो । गुणस्तरीय सिकाई उपलब्धिमा बृद्धि गर्दै हाम्रो विद्यालय, राम्रो विद्यालय बनाउने सूचकहरु विभिन्न साझेदार निकायहरुले आ आफ्नै तरिकाले तय गरे पनि सेभ द चिल्ड्रेनले तयार गरेका सूचकहरु सरकारले समेत अभ्यास गर्नेछ भन्ने हाम्रो मान्यता रहेको भट्टराईले बताए ।
गुणस्तरीय सिकाई वातावरणले विद्यालयको सिकाई उपलब्धिमा बृद्धि गर्ने भएको हुदाँ सबै विद्यालयले गुणस्तरीय सिकाई सम्बन्धिका सूचकहरु अवलम्बन गर्नैपर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हिरासिँह थापाले बताए । उनले थपे, हामी चाहान्छौ परियोजना सञ्चालित कार्यक्षेत्रका कम्तिमा २० विद्यालय राम्रा विद्यालय बन्नेछन् । उक्त विद्यालयको सिकाई उपलब्धिमा बृद्धि हुनेछ ।

प्रतिक्रिया