दोषीलाई कार्वाही गर्न माग

दोषीलाई कार्वाही गर्न माग

घरमा सुतिरहेको अवस्थामा जबरजस्ति ढोका खोल्न लगाई बोक्सीको आरोपमा कुटपिट गरिएकी राजकुमारी उपाध्यायलाई न्याय दिलाई दोषीलाई कार्वाही गर्न नागरिक समाज दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले सयुक्तरुपमा सार्वजनिक अपिल गरेको छ । महिला अधिकार मञ्च पर्साकी अध्यक्ष राजकुमारीलाई आश्विन ७ गते राति बोक्सीको आरोपमा कुटिएको थियो ।
बोक्सीको आरोपमा महिला अधिकारकर्मी राजकुमारीलाई सशस्त्र प्रहरीमा कार्यरत भोगेन्द्र कार्कीले कुटेका थिए । बोक्सीको नाममा हुने अपराधिक घटनाको लागि सजायको व्यवस्था गर्न नेपाल सरकारले बोक्सि आरोप र सजाय ऐन, २०७१ पारितगरी कार्यान्वयन गरे पनि महिलामाथि हुने यस्ता सामाजिक हिंसाहरुमा कमि आउन नसकेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, नेपालको संविधान २०७२ मा उल्लेख भएको हरेक नागरिकले सम्मान पूर्वक बाँच्न पाउने अधिकारको समेत उल्लंघन गरेको हुँदा घटनामा प्रत्यक्ष संलग्न देखिएका कार्कीलाई कार्वाही गरी पिडितलाई क्षतिपूर्ति सहितको न्याय दिदै महिलामाथी हुने सबैप्रकारका विभेदको अन्त्यका लागि अपिल गर्दछौ ।
महिला राष्ट्रपति, महिला प्रधानन्याधिस र महिला सभामुख भएको देशमा यस्ता घटनालाई सामान्यरुपमा लिन नहुने नागरिक समाजका अध्यक्ष खड्कबहादुर सिजापतीले बताए । उनले भने, एक दुई जना उच्च पदस्थ पदमा पुग्दैमा समस्त महिलाको प्रतिनिधित्व हुन्छ भन्ने मनसाय हटाउन जरुरी छ । जब सम्म समग्र महिला तथा बालबालिका माथि हुने सबै प्रकारका हिंसा, दुव्र्यवहार र अमानवियताको अन्त्य हुदैन् तव सम्म महिला अधिकार र महिला सहभागिताको आवाज उठाउनु व्यर्थ हो ।
कतै बालविवाह त कतै घरेलु हिंसा र बोक्सिका नाममा महिला पिडित हुने गरेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका, संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । उनले भने, हाम्रो सामाजिक संस्कारले पनि महिला माथि हिंसा हुने गरेको छ ।

प्रतिक्रिया