नगरकार्यपालिकाका पदाधिकारीहरुलाई क्षमता विकास तालिम

नगरकार्यपालिकाका पदाधिकारीहरुलाई क्षमता विकास तालिम

नगर कार्यापालिका पदाधिकारीहरुका लागि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । न्यायमा सहज पहँच का लागि सवै किसिमका महिला सशतिmकरण र्कायक्रमले २०७४ असोज २५ गते दूल्लू नगरपालिका मा महिला सशतिmकरण मञ्च नेपाल दैलेखको आयोजनामा सम्पन्न भएको छ ।


ROLHR/UNDP को सहयोगमा संचालित कार्यक्रममा दुल्लू नगरपालिकाको समन्वयनमा संचालित कार्यक्रममा नेपाल बार एसोसिएसन दैलेखका पूर्व अध्यक्ष दिपेन्द्र थापाले स्थानिय तहमा व्यवस्थापीका,कार्यपालिका र न्यायीक अधिकार, घरेलु हिंसा सम्वन्ध विच्छेद जबरजस्तीकरणी बाल विवाह सम्वन्धी कानुनी व्यवस्था र लैङ्गीक हिंसा सम्वन्धी कार्यक्रम प्रस्तुत गरिएको छ ।
कार्यक्रममा दूल्लु नगरपालिका नगर प्रमुख घनश्याम भण्डारीले दुल्लू नगरपालिकामा जातिय, लैङ्गीक,र सामाजिक विवेदको अन्त्य गर्नका लागि कार्यापालिका विशेष अभियान संचालन गर्ने बताउनु भयो सो को सचेतनाका लागि कार्यापालिका कार्यापालिकाका सदस्यहरुलाई संविधानको प्रति उपलव्ध गराइएको र कानुन र विधि का आधारमा समानता मूलुक समाज निर्माणमा सवै नगरवासीहरु लाग्न अनुरोध गर्नु भयो । दुल्लू नगरपालिका का निमित्त कार्यकारी अधिकृत शम्सर वहादुर शाहीले दुल्लू नगरपालिकाका निर्णयलाई अक्षरसपालाना गर्ने प्रतिवद्घता गर्नुभएको थियो ।
परियोजना संयोजक राधा मल्लले सहजिकरण गर्नुभएको थियो । साथै लैङ्गीक हिंसा,जातिय छुवाछुत र घरेलु हिंसा न्यूनिकरणमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने भएकाले कानूनको पूर्ण कार्यान्वयन प्रतिनिधिको नियतको हातमा हरेको धाराणा राख्नु भएको थियो ।
कार्यक्रममा महिला सशतिmकरण मञ्चका पूर्व अध्यक्ष दिल कुमारी चन्द र उपाध्यक्ष सविना वि.क. समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया