६२ औं प्रहरी दिवश ः सोसेक सम्मानित

६२ औं प्रहरी दिवश ः सोसेक सम्मानित

दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेखले ‘६२ औं प्रहरी दिवस’ २०७४ को अवसरमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखलाई प्रमाण पत्र सहित सम्मान गरेको छ । जिल्लामा महिला हिंसा, बाल विवाह, बहुविवाह रोकथाम तथा न्यूनिकरणमा योगदान पु¥याए वापत सम्मान गरेको थियो ।


जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सरोज पौडेलले जिल्लामा महिला तथा बालबालिका विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सहयोग गर्ने सामाजिक संघसंस्थालाई सम्मान गरिएको बताए । उनले थपे, प्रहरी सबैको साथी हो । समाजमा हुने सबै प्रकारका हत्या, हिंसा र दुव्र्यवहारका घटनाको न्यूनीकरण तथा छानविनका लागि नागरिकले सहयोग गर्नुपर्छ । जहाँ नागरिक सचेत हुन्छन् त्यहाँ अपराध अनुसन्धानका लागि प्रहरीलाई सहयोग पुग्ने पौडेलको भनाई थियो ।
महिला हिंसा र बालविवाह न्यूनिकरणमा लामो समय देखि योगदान गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखलाई सम्मान गरिएको बताउदै उनले भने समाजका विकृति र विसंगतिका विरुद्ध संयुक्त रुपमा आवाज उठाउनु हामी सबैको कर्तव्य हो । जिल्लाको ग्रामिण क्षेत्रमा संघसंस्थाले गरेका गतिविधिले सामाजिक कुप्रथाहरुको अन्त्य गर्न सहयोग पुगेको पौडेलले बताए । सामाजिक सेवा केन्द्र (सोसेक) यसै वर्षमा मात्रै जिल्ला तथा राष्ट्रियस्तरका विभिन्न सम्मानबाट सम्मानित भइसकेको छ ।

प्रतिक्रिया