भोलिको म किसान

भोलिको म किसान

नन्दा महतारा ‘चिन्तन’

हातमा सानो कोदाली लिई यो माटो खन्नेछु।
भविष्य मेरो कृषिमा बित्छ किसान बन्नेछु।
उत्पादन गर्छु अन्न र बाली फलफुल लगाउछु।
धान र मकै आलु र प्याज तरकारी लगाउछु।

मिहिनेत मेरो माटोमा पोख्छु किसान बन्नलाई।
सहयोग माग्छु साथी र भाईको उत्पादन गर्नलाई।
नेपाल हाम्रो कृषि प्रधान देश म पनि कृषक।
काम गरी खान सबै भन्दा हुन्छ नि आनन्द।।

माटोको माया मुटुमा बोकी देशलाइ हाक्नेछु।
शत्रुको नास गरेर मात्र तब पो थाक्नेछु।

प्रतिक्रिया