गुणस्तरीय शिक्षाका लागि कार्यशाला

गुणस्तरीय शिक्षाका लागि कार्यशाला

दैलेख, “संघिय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार” भन्ने मूलमान्यताका साथ स्थानिय तहमा शिक्षा नीति तथा योजना निर्माण विषयक कार्यशाला गोष्ठि सम्पन्न भएको छ । उक्त कार्यशालाको आयोजना जिल्लामा पहिलो पटक सेभ द चिल्डे«न र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सहकार्यमा गुँराश गाउँपालिका ले गरेको थियो ।
उक्त कार्यशालाको सहजिकरण त्रिभुवन विश्व विद्यालयका प्रा डा. विद्यानाथ कोइराला र सेभ द चिल्डे«न काकार्यक्रम व्यवस्थापक डा. लक्ष्मी पौड्याल, वरिष्ठ शिक्षा कार्यक्रम संयोजकआत्मराम भट्टराईले गरेका थिए । कार्यशालामा गाउपालिकाका जनप्रतिनिधि,निमित्त कार्यकारी अधिकृत, जिल्ला शिक्षा अधिकारी, कार्यपालिकाका सदस्यहरु, विद्यालय निरिक्षक, स्रोतव्यक्ति, विद्यालयका प्रधानाध्यापक, पत्रकारका साथै वडा सचिबहरुको सहभागिता रहेको थियो ।
विद्यालयको पढाई वैज्ञानिक र खोजमुलक हुनु पर्ने कुरा डा. विद्यानाथ कोइराललेजोड दिए । उनले थपे, अबको शिक्षा कारण र असरखोज्ने खालको हुनआवश्यक छ । विद्यालयको प्रभावकारी अनुगमन विना शिक्षा क्षेत्रलाई सुधार गर्न नसकिने उनको भनाई थियो । कार्यशालामा विभिन्न राम्रा अनुभवहरु बताउनुका साथै समग्र शिक्षाको सुधारका लागि हामी आफैबाट पहल गर्नु पर्ने कोइरालाको भनाई थियो ।
डा. कोइरालाले शिक्षासँग सम्बन्धित कानुनी जटिलताको बारेमा सहभागीलाई जानकारी गराएका थिए । उनले थपे, बालबालिकाहरुमा वेहोस हुने समस्यालाई मनोविमर्शकर्ताको माध्यमबाट मात्रै समाधान गर्न सकिन्छ । शिक्षा क्षेत्रको नीतित था योजना निर्माणका लागि नेपालको संविधानमै व्यवस्था गरेको दिगो विकासको लक्ष्यलाई पुरा गर्न पनिशिक्षा क्षेत्रको सुधारका लागि पहल गर्नुपर्ने उनको भनाई थियो । कार्यशालाले गुरास गाउपालिकाको अल्पकालिन र दिर्घकालिनकार्य शिक्षा योजना समेत बनाएको छ ।
कार्यशालाले शिक्षा क्षेत्रको सुधारका लागि सहयोग पुग्ने आशा गरिएको गुरास गाउपालिकाका अध्यक्ष खेमराज वलीले बताए । उनले थपे, राम्रो शिक्षा प्राप्तिका लागि गाउपालिकाले सक्दो सहयोग गर्नेछ ।

प्रतिक्रिया