न्याय माग्दै सदरमुकाम

न्याय माग्दै सदरमुकाम

दैलेख माघ १० -दुल्लु नगरपालिका वडा नं. ४ नेपा की २३ बर्षिया डिलु सुनार न्यान माग्दै जिल्ला सदरमुकाम आएकी छिन् । गत ३ बर्ष अगाडी दुल्लु नगरपालिका वडा नं. ९ पादुका (धामीगाउँ) बाट सोहि नगरपालिका वडा नं. ४ नेपामा विवाह गरि गएकी सुनार हिंसामा परेपछि न्याय माग्दै सदरमुकाम आएकी हुन् । डिलुका श्रीमान २४ बर्षिया पवन सुनारले कुटपिट, गाली बेइज्जत तथा घरबाट निकाले पछि डिलु न्याय माग्दै सदरमुकाम आएकी हुन् ।

गत शुक्रवार राती श्रीमानले बोक्सीको आरोप लगाउदै कुटपटि गरेपछि प्रहरी कार्यालयमा आएको डिलुले बताइन् । प्रहरी कार्यालयमा सामान्य छलफल पश्चात आउँदो १६ गते सम्म विवाह दर्ता र नागरिकता बनाईदिने तथा नागरिकता र विवाह दर्ता बनाइसकेपछि मिलापत्र गर्ने भन्दै श्रीमान संगै घर गएको उनले बताइन् । घर फर्किए पश्चात गत सोमवार राती पुःन कुटपटि गरि घर निकाला गरेको डिलुले बताइन् । उनको १७ महिनाको छोरा समेत छ । उनका श्रीमान गत सोमवार देखि बेपत्ता भएको र आफ्नो छोरालाई पनि लुकाएर राखिएको डिलले बताइन् । श्रीमानलाई फोन गर्दा फोन पनि लाग्दैन, ज्वाला संदेश अनलाइन संग कुराकानी गर्र्दै डिलुले भनिन् ‘अहिले सम्म विवाह दर्ता र नागरिकता नबनाई दिएका कारण समस्यामा परेको छु ।’
श्रीमान मात्रै नभएर घरमा सासु, ससुराले पनि गाली गर्ने गरेको उनले सुनाइन् । श्रीमानले त हेला गरेकै थिए, त्यसमाथी सासु ससुराको पनि हेलाँमा परेको छु । विवाह भएको ३ बर्ष वितिसक्यो उनले भनिन् ‘अहिले आएर श्रीमानले बेवास्ता गर्ने, खाना लाउन नदिने, घरमा बस्न नदिने जस्ता हिंसा सहनुपरेको छ ।’ उनले सामाजिक सेवा केन्द्र सोसेक नेपाल मार्फत सञ्चालित महिला तथा बालबालिका केन्द्रमा न्याय दिलाइदिन आग्रह गरेकी छिन् । महिला तथा बालबालिका केन्द्रकी संयोजक रमा श्रेष्ठका अनुसार प्रहरीको सहयोग लिएर उनलाई न्याय दिलाउन लागि परेको बताइन् ।

प्रतिक्रिया