मृर्गौला पीडित अधिकारीद्वारा सहयोगको याचना

मृर्गौला पीडित अधिकारीद्वारा सहयोगको याचना

हिक्मत नेपाली,
दैलेख पौष १७, दुई मिर्गौला विग्रिएर उपचारको क्रममा रहेका दैलेख भगवतीमाई गाउँपालिका–१ पगनाथका हस्तराज अधिकारीको परिवारले सहयोगको याचना गरेका छन् । विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएका अधिकारीलाई काठमाडौंस्थित वीरअस्पतालमा उपचाररत छन् । आर्थिक अवस्था कमजोर भएकाले उपचार हुन नसकेको उनका भाई दुर्गराज अधिकारीले जानकारी दिए ।

काठमाडौंस्थित वीरअस्पतालमा उपचाररत हस्तराज अधिकारी

‘मुुमा अथवा बुबाको मिर्गाैला म्याचिङ हुन्छ हुँदैन थाहा छैन’, उनकी श्रीमति गीता अधिकारीले भनिन्, ‘यदि उहाँको भएन भने म पनि दिन तयार छु । तर, उपचारका लागि पैशा छैन् ।’ उनले मिर्गौला दिन व्यक्ति तयार भए पनि उपचारमा लाग्ने रकमको समस्या रहेको बताइन् ।
मिर्गाैलामा विगत तीन वर्षदेखि समस्या आएसँगै उपचारका लागि भारतको लखनौंमा उपचार गराउँदा परिवारसँग भएको रकम सकिएपछि उनलाई उपचार गराउन रकम अभाव भएको हो ।
२५ बर्षिय अधिकारीको दुबै मृगौला खराब भई उपचारमा अर्थिक समस्या भएर जीवन सङघर्षको अवस्थामा रहेको हुँदा जीवन रक्षाको लागि मानबताको नाताले आफुले सक्दो सहयोग गरिदिन अपिल गरेका हुन् । सहयोग गर्न चाहानेहरुले उनका अंकल भवानीप्रसाद अधिकारीको सम्पर्क नम्बर ९८४८१६६७७७ मा सम्पर्क गरिदिनुहुन श्रीमती गीताले अनुरोध गरेकी छन् । साथै, सहयोग गर्न चाहने महानुभावले दैलेख स्थित राष्ट्रिय वाणिज्य बैंक शाखाको ४०१००२०२४९१० खाता नं. मा सहयोग रकम जम्मा गरिदिन उनका परिवारले अपिल गरेका छन् ।
मिर्गौला प्रत्यारोपणका लागि उनकी आमा तयार भए पनि सो कामका लागि आवश्यक आर्थिक व्यवस्थापन नभएपछि परिवारले सहयोगका लागि सार्वजनिक रूपमा अपिल गरेको उनका भान्जा डिलप्रसाद शर्माले बताए । मृर्गौला प्रत्यारोपण गर्न अस्पतालमा २५ लाख खर्च लाग्ने बताएपछि सहयोग गरिदिन आग्रह गरेको बताएका छन् । पीडित अधिकारीका दुई छोरा छन् ।

 

प्रतिक्रिया