सेवामा पहुँच पु¥याउन ‘जोडि समूह’

सेवामा पहुँच पु¥याउन ‘जोडि समूह’

हिक्मत परियार
कालिकोट, पौष २१
कालिकोटको पलाँता गाउँपालिका वडा नं. १ पुलाहका कल सार्की र डोइला सार्कीको जोडि कार्यक्षेत्रका टोल र बस्तीमा पुग्छन् । महिला, दलित, बालबालिका तथा विद्यालय भर्ना अभियानका सवाललाई आत्मसाथ गरेका उक्त जोडि समुदाय स्तरमा शसक्तिकरणका कुरा सिकाउदै हिड्छन् । विद्यालय भन्दा बाहिर रहेका बालबालिका, जातिय छुवाछुतको चपेटामा परेका दलित समुदाय तथा महिला अधिकारका विषयमा जागरुक बनाउदै हिड्ने जोडिलाई समुदायलाई परिवर्तन गराउनै ठिक्क छ ।

यो जोडि जस्तै पलाता गाउँपालिका वडा नं. ३ का हर्ष सार्की र मञ्जु सार्कीको दिनचर्या पनि उस्तै देखिन्छ । यस्तै वडा नं. ४ का नरजंग महतरा र रमा महतराको जोडि पनि यहि अभियानमा खटिएका छन् । जोडि समूहका मध्येका कलिमाने वि.क. र पुल्ती वि.क.लाई समुदायमा पुगेर सचेतना जगाउदा जगाउदैमा फुर्सद नै छैन् । यो जोडि जस्तै पलाता गाउँपालिका र पचालझरना गाउँपालिकामा अहिले २२ वटा जोडिले समुदायको सेवामा पहुँच पु¥याउनका लागि अभियानमा सरिक भएका छन् । जोडि समूह परिचालन मार्फत समुदायको सेवामा पहुँच पु¥याउनका लागि दलित, महिला, बालबालिका र विद्यालय बाहिर रहेका बालबालिकाहरुको क्षेत्रमा कार्यक्रमहरु संचालन भएका छन् । जोडि समुहले समुदायमा करेसाबारी स्थापना गर्न जागरुक बनाइरहेका छन् । उनिहरुले एक घरका महिला पूरुषहरुलाई एक महिनाको समयमा ५ पटक समुदाय स्तरमा परिचालन समेत गरिएको छ । आफु संगै अरुलाई पनि परिवर्तन हुन सयुक्त रुपमा सिकाइएको छ । अहिले कार्यक्षेत्रका २२ जना जोडि समूह मार्फत ४४ जना परिचालन गरिएको छ ।
जोडि समूह परिचालन मार्फत समुदाय स्तरमा थुप्रै परिवर्तनका संकेतहरु देखिएको अधिकारमा आधारित जिवीकोपार्जन सुधार परियोजनाका जिल्ला कार्यक्रम संयोजक मान बहादुर थापाले जानकारी दिएका छन् । उनका अनुसार अहिले समुदायमा करेसाबारी नै नभएका स्थानमा २ सय ५२ वटा करेसाबारी स्थापना गरिएको छ । यि मध्ये ५७ वटा करेसाबारीमा बाह्रै महिना तरकारी लगाउन गरेको थापाले बताए ।
यस्तै समुदायमा ३६ वटा कम्पोष्ट मलको खाल्डो बनाएर प्रयोग गरिएको छ । कार्यक्रम लागु भएका समुदायमा विभिन्न दिवसहरु मनाउनका लागि जोडि समूहले उत्प्रेरित गरिरहेको कार्यक्रम संयोजक थापाले जानकारी दिएका छन् । जोडि समूहको परिचालन मार्फत समुदायमा अहिले ५ प्रकारका फलफुल लगाएका २ सय ८३ वटा घरधुरी पु¥याइएको परियोजनाका फिल्ड कार्यक्रम अधिकृत इन्द्र बहादुर थापाले जानकारी दिएका छन् ।
जोडि समूह परिचालन मार्फत समुदाय स्तरमा थुप्रै परिवर्तनहरु आएको जोडि समूह मध्येकी एक कल सार्कीले बताए । उनका अनुसार समूदायमा विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना अभियान, महिला हिंसा, बालबालिका तथा जातिय छुवाछुतमा पनि केहि कर्मी आएको छ । अधिकारमा आधारित जीविकोपार्जन सुधार परियोजना कालिकोटका दुई वटा गाउँपालिकामा संचालित छ । फास्टइनोफरको स्वीसको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित उक्त परियोजना कालिकोटको पलाता गाउँपालिकाका १ देखि ६ वडा र पचालझरना गाउँपालिकाका वडा नं. ६ देखि ९ सम्म लागु भइरहेका छ । स्वीजरल्याण्डका जनताको वर्तदान कोषबाट प्राप्त रकमबाट कार्यक्रम लागु भएको अधिकारमा आधारित जिवीकोपार्जन सुधार परियोजनाका जिल्ला कार्यक्रम संयोजक मान बहादुर थापाले जानकारी दिएका छन् । परियोजनाले पछाडी पारिएका विपन्न परिवार र समूदायको अधिकारका लागि सेवा प्रदायक निकाय संग समन्वय गरि उनिहरुको सेवामा पहुँच बृद्धि गर्ने काम गरिरहेको थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया