डा. गोविन्द केसीविरुद्ध सर्वोच्चद्वारा ‘पक्राउ’ आदेश जारी

डा. गोविन्द केसीविरुद्ध सर्वोच्चद्वारा ‘पक्राउ’ आदेश जारी

काठमाडौँ  सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई म‌ंगलबार बिहान ९ बजे पक्राउ गरी उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई पक्राउ आदेश दिएको हो । आदेशमा पौड्यालको प्रतिवेदनलाई फौजदारी मुद्दाका रुपमा दर्ता गर्न र केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा हाजिर गराउन भनिएको छ।आदेश सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको प्रतिवेदन र त्यसमा माथि कानुन व्यावसायीलसमेत कारवाही गर्नुपर्ने भनि गरेको बहसमा आधारित रहेको न्यायाधिश शाहीले उल्लेख गरेका छन्।

आदेशमा भनिएको छ, ‘केसीको नामबाट प्रकाशित प्रेस बिज्ञप्ति र विभिन्न अनलाइन समाचारहरुमा प्रकाशित समाचार सामाग्री हेर्दा संविधान र कानून बमोजिम यस अदालत र माताहातको विभिन्न अदालतबाट भएको फैसलाबिरुद्ध आम जनमानसमा भ्रम पर्नेगरी नेपालको न्याय व्यवस्था, न्यायापालिका र न्यायाधीशहरुका बिरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिब्यक्ति उल्लेख गरेको देखिंदा निजलाई अदालतको अवहेलनामा किन कारवाही गर्नु नपर्ने हो? निजलाई पक्राउ गरी मिति २०७४/९/२५ गते बिहान ९: ०० बजे यस अदालतमा हाजिर हुन उपस्थित गरायउनु भनी नेपाल सरकार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाउँमा लेखी पठाउनु।’

शाहीले जारी गरेको आदेशमा अदालतको अवहेलना गरेको सम्बन्धमा सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलको प्रतिवेदनसमेतको कागजात अध्ययन गरिएको र अवहेलनामा कारवाही गर्नुपर्ने भन्दै बरिष्ठ अधिबक्ताहरु श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने र रमणबहादुर श्रेष्ठ तथा अधिबक्ताहरु लक्ष्मण थपलिया र दीपककुमार बिष्टले बहस गरेकोसमेत उल्लेख गरिएको छ।

सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको प्रतिवेदनको आधारमा मुद्दा तयार भएको हो।प्रा डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको प्रमुख माग राखेर सोमबार दिउँसो ४ बजेदेखि अनसन सुरु गरेका थिए।

उनले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै १४ औं अनसन सुरु गरेका थिए।

प्रतिक्रिया