सोसेक नेपाल दैलेखकोे सचिवमा कल्पना

सोसेक नेपाल दैलेखकोे सचिवमा कल्पना

दैलेख माघ १- दैलेखको सामाजिक संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सचिवमा कल्पना थापा मनोनित हुनुभएको छ ।संस्थाको शक्रवार बसेको ४५ औ बैठकले थापालाई सचिवमा मनोनित गर्ने निणर्य गरेको हो । उहाँ विगत १ बर्ष देखि थापाले सोसेकको सदस्य पदको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

सामाजिक अभियान्ताको रुपमा परिचय पाएकी दैलेख नारायण नगरपालिका वडा नं. ७ की थापाले सोसेकको सचिव पदमा जिम्मेवारी पाउनु भएको हो । संस्थाको रिक्त रहेको सचिव पदमा थापालाई मनोनित गर्ने निणर्य गरेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका महमासचिव नैन बहादुर शाहीले जानकारी दिनुभएको छ ।

सचिव पदमा जिम्मेदवारी पाएपछि संक्षिप्त प्रतिक्रीया दिदै उनले भनिन् ‘सोसेकले आफुलाई यति ठुलो जिम्मेवारी दिएकोछ, आगामी दिनमा संस्थागत विकासका लागि आफुले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछु ।’

प्रतिक्रिया