शु शासन हरायकाे गाँउपालिका नवनाेस

शु शासन हरायकाे गाँउपालिका नवनाेस

हामी संघियताकाे कार्यन्वयनकाे तयारिमा छाै । जनता लाई पूरा अधिकार प्रत्याजाेन गर्ने र सम्वृद्धि युत्त समाज निर्माण गर्ने याेजना निर्माणकाे चरणमा छाै ।अाज सवैकाे दावि राजनैतिक क्रान्ति सम्पन्न भएकाे र अार्थिक क्रान्ति पूरा गर्नु पर्ने हुकार फलाकि रहेका छाै ।याे सबैकाे साझा एेजेण्डा हाे । यी सवै पक्ष संग हाम्राे सवैकाे सहमति छ भने हामी ले गर्ने कामकाे किन एकरुपता मा किन अलमल छ? हामि ले भनेकाे अार्थिक सम्वृद्धि प्राप्त गर्ने खास खास याेजना के हाे ? हामी विधि सहितकाे अार्थिक सम्वृद्धि काे पक्षमा छाै कि विथिति सहितकाे अार्थिक सम्वृद्धि ? हाे अहिलेकाे सामाजिक अन्तर द्वन्द्व यहि छ ।

सिद्धान्त ले हामी सवै भन्छाै विधि सहितकाे अार्थिक सम्वृद्धि तर व्यवहार ले याे लागू गर्ने प्रयास गरिउ कि गरिनाै ।व्यवहारत यदि हामिले सिद्धान्त लाई व्यवाहारत जिवनमा लागू गर्ने वा प्रयाेग गर्ने प्रयास गरिनाै भने हामिले मानेकाे सिद्धान्त फगत साहित्य हुन्छ फाेगटिया तर्क हुन्छ । हामी अहिले कहाँ छाै छलफल यहि वाट सुरु गराै ।दिगाे विकास र स्थायित्व का निम्ति कहाँ छाै हेराै ।दिगाे विकासका ठुला ठुला कुरा गर्दै गर्दा लाखाै रुपैयाकाे खानेपानिकाे पाईप खरिद गर्दछाै र व्यतिगत रुपमा वितरण गर्छाै दिगाे विकास काे कुरा यहि हाे?हामि शु शाशन सहितकाे बिकासकाे कुरा गर्छाै उपभाेता समिति गठन गर्दा अाफ्ना अनुकुलका मान्छेकाे घरघर गहेर हस्ताक्षर संकलन गर्छाै र उपभोक्ता समितिमा अाफ्ना कार्यकर्ता लाई जिम्मा दिन्छाै र उसकाे गल्तिमा रमिते वन्छाै के यहि हाे ससुसासन ?हामी अाफ्नाे पाटि समर्थक कर्मचारि अाफु अावद्ध रहेकाे स्थानमा ल्याउने पूरा कसरत गर्छाै अनि उनिहरुकाे तान्डव नृत्य हेरेर मुस्कुराउछाै के यहि हाे शु शसासन? अाफु निकटका कार्यकर्ता भयकाे ठाँउमा याेजना का लागि कसरत गर्छाै र कार्यकर्ताले गरेकाे दुरुपयाेगमा अाँखा वुझेर समर्थन गर्छाै के यहि हाे सुशासन ?सामान्य सामान खरिदमा कमिसन काे पहिराे अाउदा छेकवारकाे तार जालि हुदैन के यहि हाे शुसासन? हामी विधकाे पक्ष पाति हाै दावि गर्दछाै हाम्राे तर्क यहि हाे हामी १०० मिटर पाईपकाे राजनितिकाे सुरुवात गर्छाै के हाे विधि सार्वजनिक सम्पत्ति राज्यकाेषकाे दुरुपयाेग चुनावकाे प्रयाेगमा भाेट खरिद गर्ने वहानामा अस्लिलता प्रयाेग देखाउदछाै यहि हाेईन कर्तुतहामी अरुले गरेनन भनेर वहुत लामा भाषन छाट्छाै अनि कार्यन्वयनकाे वेला तिघ्रा कमाउछाै ।जसकाे मात्र अापेक्षा गर्छाै र क्षणिक हाईहाई काे कल्पनामा लिप्त हुन्छाै तर दिगाे परिवर्तनको निम्ति तत्कालिनकाे लागि अप्रिय लाग्ने तर दिर्घकालिन सामाजिक नाफा हुने काममा अलमलिन्छाै के यहि हाे विधि ?जनताकाे सुविधाकाे लागि संघीयता भनेर गर्जिने हतमि जस्ता पटमुर्खकाे जमात ठुलै छ तर माेडल परिवर्तनका लागि पुराना गतिला पक्ष हरुलाई नकार्ने र नयाँ लाई जनपक्षिय नवनाउने याे कस्ताे संघियता हाे ? सवै ले चाहाना राखाै सु शासन हरायकाे गाउँ पालिका नवनाेस गुराँस।।

हिम वलीकाे फेसवुक पेजवाट साभार

गुराँस गापा वडा नं. ६ का वडा अध्यक्ष

प्रतिक्रिया