पोषण सुधारका लागि कुखुराका चल्ला

पोषण सुधारका लागि कुखुराका चल्ला


दैलेख –जिल्लामा रहेका महिला, बालवालिका तथा सुनौला हजार दिनका आमा तथा बच्चाहरुको पोषण स्थिती सुधारका लागि कुखुराका चल्ला वितरण गरिएको छ । दलित महिला, बालबालिका, अति विपन्न परिवार लाई कुखुराको चल्ला वितरण गरिएको हो । सुआहारा–२ कार्यक्रमले चल्ला वितरण गरेको हो । कार्यक्रमले भगतीमाई गाउँपालिकाको वडा नं. २ मा ५८ घर परिवार तथा वडा नं. ४ मा १ सय २० घर परिवारलाई चल्ला वितरण गरिएको फिल्ड संयोजक संदेश भट्टाईले जानकारी दिएका छन् ।
उनका अनुसार कार्यक्रमले यस अघि आठवीस नगरपालिकाको वडा नं. २, ३, ४ र ५ मा कुखुराको चल्ला वितरण गरिसकेको छ । कार्यक्रमले विशेष गरि स्वास्थ्य, पोषण, कृषी, खानेपानी तथा सरसफाई, व्यवाहार परिवर्तन लगाएतका क्षेत्रमा काम गर्दै आएको जिल्ला कार्यक्रम संयोजक रजनी चौधरीले बताइन् । कुखुराका चल्ला उपलब्ध गराएपछि जगनाथकी भगवति नेपालीले आफ्नो र बालबच्चाको लागि पोषणमा सुधार हुने बताइन् । कुखुराको चल्ला वितरणका लागि पशु सेवा कार्यालय दैलेखका प्रमुख डा. शितलबाबु श्रेष्ठ, भगवतीमाई गाउँपालिका वडा नंं २ का अध्यक्ष कर्ण बहादुर शाही, वडा नं. ४ का अध्यक्ष कृष्ण बहादुर थापा, कार्यसमिति सदस्य एंव सुआहारा कार्यक्रमका फोकल पर्सन कृष्ण केसी, कृषि अधिकृत हृदेश शर्मा, फिल्ड संयोजक संदेश भट्टाई लगाएतको टोली भगवतीमार्य गाउँपालिकाको वडा नंं २ र ४ मा पुगेको थियो । कार्यक्रम दैलेख जिल्लाका सबै स्थानीय तहहरुमा संचालित छन् ।

प्रतिक्रिया