दुई सातामा ३ वटा छुवाछुतको घटना

दुई सातामा ३ वटा छुवाछुतको घटना

गत माघ १० गते गुन्द्री छोएको निहँुमा महाबु गाउँपालिका–२ डुंग्रीका ५५ वर्षीय पहलबहादुर कामी कुटपिटमा परे । त्यसको लगत्तै दुल्लू नपा–१० गमौडीकी ३५ वर्षीया बालकुमारी नेपाली माथि सोही ठाउँका २८ वर्षीय जीतबहादुर सिंह र २८ वर्षकै उपेन्द्रबहादुर सिंह द्धारा विभेद गरे । माघ २२ गते राजाकाँधस्थित गणेश सिंहको पसलमा सामान किन्न जाँदा पानी खान खोज्दा लोटा छोएको भन्दै जीतबहादुर र उपेन्द्रले जातीय हिसावले अपमान गर्दै गाली गलौज गर्नुसंगै यौन आशयले आपत्तिजनक शब्द प्रयोग गरेको पीडित महिलाले सुनाइन् । उत्तः घटना पछि गत बुधवार जिल्ला प्रहरी कार्यालय दैलेखमा मुद्दा परेको छ ।
उक्त घटनाको केहि दिन पछि पुःन चामुण्डाको हिमालय आधारभूत विद्यालय तीजडाँडामा विद्यालयमा दलितले पकाएको दिवा खाजा खाँदैनौं भन्दै विद्यार्थीले तालाबन्दी गरियो । ‘दलित पकाएको खाए दाँत झर्छन्’ भनी घरमा अभिभावक भनेका कारण ती बालबालिकाले खाजा खान नमानेको भन्दै स्थानीयले व्विद्यालयमा नै तालाबन्दी गरे । विहीवार मध्यान्ह १२ बजेतिर खाजा पकाउने तयारी गर्न लाग्दा ६ र ७ कक्षाका गैरदलित बालबालिकाले दलितले पकाएको खाँदैनौं भन्दै भान्सा कोठामा एक्कासी ताला लगाएको खाजा पकाउने सहयोगी निर्मला नेपालीले बताइन् ।
देशभर जातिय छुवाछुतको विषयमा चर्को बहस भइरहेका बेला दैलेखमा भने दुई सातामा ३ वटा जातिय छुवाछुतका घटना घटेका छन् । गुन्द्री छोएको निउमा कुटिएका महाबु गाउँपालिका–२ डुंग्रीका ५५ वर्षीय पहलबहादुर कामीले आरोपित पक्ष सोही ठाउँका ४९ वर्षीय भीमबहादुर रोकाय र महाबु गाउँपालिका–१ खरिगैराका २६ वषीय नगेन्द्र खत्री बिरुद्ध जातीय विभेद तथा छुवाछूत सम्बन्धी मुद्दाको जाहेरी दिएका छन् ।
यस्तै दुल्लू नपा–१० गमौडीकी ३५ वर्षीया बालकुमारी नेपाली माथि सोही ठाउँका २८ वर्षीय जीतबहादुर सिंह र २८ वर्षकै उपेन्द्रबहादुर सिंहले विभेद गरेको भन्दै बुधवार प्रहरीमा मुद्दा परेको छ । पीडित महिलाले आफू माथि भएको अपमान बारे वडा कार्यालयमा हिजो दिएको निवेदनमा छलफल गराउदा समेत गल्ती स्वीकार्नुको सट्टा कचहरीमै बसेको बेला समेत महिला माथि आक्रमणको प्रयास गरेको कार्यवाहक वडाध्यक्ष लालबहादुर थापाले बताए ।
उता चामुण्डाको हिमालय आधारभूत विद्यालय तीजडाँडामा विद्यालयमा दलितले पकाएको दिवा खाजा खाँदैनौं भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन् । ‘दलित पकाएको खाए दाँत झर्छन्’ भनी घरमा अभिभावक भनेका कारण ती बालबालिकाले खाजा खान मानेका छैनन् । विद्यालय व्यवस्थापनको निर्णयबाट २ महिना अघि प्रति महिना २ हजार पाउने गरी नियुक्त गरिएकी निर्मलाले दिवा खाजा पकाउन सुरु गरेदेखि तल्लो जातीले पकाएको खाँदैनौं भन्दै ६ र ७ कक्षाका गैरदलित बालबालिकाले खाजा खाएका थिएनन् । यो विद्यालयमा २ सय ८६ विद्यार्थी छन् ।
विद्यालयका कार्यालय सहयोगी दण्डपाणी रिजालले बालबालिकाको लागि दिवा खाजा पकाउन सक्दिन भनेपछि विद्यालयको आन्तरिक श्रोतबाट व्यहोर्ने गरी विद्यालय व्यवस्थापनको निर्णयबाट निर्मलालाई नियुक्त गरिएको थियो । ‘केही बालबालिकाले पहिलेदेखि नै खाँदैन्थे आज म प्रधानाध्यापक बैठकमा चामुण्डा श्रोत केन्द्रमा गएको मौकामा ताला लगाएछन्’ विद्यालयका प्रधानाध्यापक पूर्ण कँडेलले भने ।
बालबालिकालाई नै उक्साएर शिक्षकहरुले विद्यालयमै विभेद गराएको भन्ने स्थानीय दलित अगुवाहरुको आरोप छ । यस बारे ध्यानाकर्षण गराउदा प्रधानाध्यापक कँडेलले टिप्पणी गरे ‘घरपरिवारको शिक्षाका कारण बालबालिकाले त्यति कट्टरता देखाएका हुनसक्छन् ।’
दिवा खाजाले विद्यालयमा विभेद सिकाएको जनगुनासो बारे शिक्षाका लागि खाद्य कार्यक्रम इकाई दैलेखका निमित्त कार्यालय प्रमुख उमेश शर्माले आफूहरुलाई पनि यसबारे जानकारी आएको र समस्या समाधानका लागि पहल गरिएको बताए ।
जातीय विभेदको मुद्दाहरुमा स्थानीय तहका जनप्रतिनिधि र प्रहरीले नै मिलापत्र गराउन थालेपछि दैलेखमा विभेदजन्य घटनाको संख्या बढेको अधिकारकर्मी पत्रकार अमर सुनारले बताए । धारा पँधेरा, धार्मिक स्थल र कतिपय सार्वजनिक स्थलमा समेत सामाजिक संस्कारको नाममा दलितहरुलाई विभेद हुने गरेको सुनारको व्याख्या छ ।
जिल्लामा एक पछि अर्को गर्दै घटिरहेको जातिय छुवाछुत सम्बन्धि घटनामा संलग्नलाई कानुन अनुसारको कार्बाही हुनुपर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष एंक सामाजिक अभियान्ता हीरासिंह थापाले बताए ।
रक्षा बन्धनको धागो बाध्न इन्कार गरिएको रुमको २०६५ को घटना, छोराले अन्तरजातीय विवाह गर्दा २०६८ सालमा तोलीका सेते दमाईको हत्या भएको वा २०६६ मा अन्तरजातीय विवाह गर्दा जगनाथको अमृत बिक माथि कुटपिट तथा साठी हजार जरिवाना गरिएका घटनामा अदालतले छुवाछूत ठहर गर्दै दलितहरुलाई न्याय दिलाएको थियो । यी घटनाहरुमा जातीय विभेद मान्न नसकिने भनी कतिपय गैरदलित सामाजिक अगुवाहरुले बिश्लेषण गरेका थिए ।
दुई साता अघि गुन्द्री छोएको निहुमा बडाखोलाका पहलबहादुर कामीलाई उनकै छिमेकी भीमबहादुर रोकाय र खरिगैराका नगेन्द्र खत्रीले मरणासन्न हुने गरी कुटपिट गरेको एउटा घटना र माघ २२ गते मात्र गमौडीमा बालकुमारी नेपाली माथि त्यहीका उपेन्द्रबहादुर सिंह र जीतबहादुर सिंहले पनि जातीय विभेद गरेको घटना समेत प्रहरीमा २ वटा जाहेरी परेका छन् ।
यही महिनामा छुवाछूतजन्य २ वटा घटना प्रहरीमा पुगे पनि सकभर मेलमिलापमा लैजानुपर्ने भनी राजनीतिक नेतृत्वको आग्रहमा मुद्दा दर्ता भएका छैनन् ।‘ मुद्दा दर्तामा हिच्किचाई भइरहेको बेला विद्यालयमा समेत विभेद सिकाउने थालिएपछि परिवर्तन कसरी संभव होला, अधिकारकर्मी प्रेम भूर्तेलले दुखेसो पोखे ।
‘जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन २०६८’ बमोजिम कडा कारवाही गरिदिन जाहेरीमा माग गरिएको छ । सो ऐन अनुसार जातीय विभेद गरेको मुद्दामा १ महिनादेखि ३ वर्षसम्म कैद वा ५ सय रुपैंयाँदेखि २५ हजार रुपैंयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने कानूनी व्यवस्था छ । ऐनले पीडितलाई १ लाख रुपैंयाँ क्षतिपूर्ति भराउने समेतको प्रावधान छ ।

प्रतिक्रिया