दैलेख उद्योग वाणिज्य संघमा कुल वहादुर विजयी

दैलेख उद्योग वाणिज्य संघमा कुल वहादुर विजयी

दैलेख उद्योग बाणिज्य संघ दैलेखको ९ औँ साधारण सभा तथा ८ औ जिल्ला अधिवेशनवाट साझा प्यानलका कुल वहादुर विकले ८५५ मत पाप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी प्रगतिशिल प्यानलका नरेन्द्र थापाले ७८४ मत ल्याए । यसै गरि महिला सदस्यमा साझा प्यानलकी राधा पंगालीले ८०१ मत ल्याई विजयी भईन भने उनका निकटतम प्रतिद्धन्दी प्रगतिशिल प्यानलकी विष्णु कुमारी जैसीले ७९१ मत ल्याईन । यसै गरि सदस्यमा विजयी साझा प्यानलका झवीराज खत्री (कवी) ८६६, भक्त रावत ८९२, पदम बुढा ९१५,पूर्ण प्रसाद पाण्डे ८५१, परे खड्का (पदम) ८५३, संदेश (शैलेश) श्रेष्ठ ८३५, योगेन्द्र सिग्देल ८३०, देवेन्द्र केसी ८८७, रुपक थापा (रविन्सन) ९०४, राजेश हमाल ८७०, यत्र प्रसाद रेग्मी ८७० र गगन बहादुर कार्की ८४७ ल्याए विजयी भए भने प्रगतिशिल प्यानलका अशोक कुमार थापा ८२७, कृष्ण प्रसाद श्रेष्ठ ८२५ र राजु खड्का ८३५ मत ल्याई विजयी भए ।

प्रतिक्रिया