दुर्घटनामा परि एक जना घाइते

दुर्घटनामा परि एक जना घाइते

नवलपरासी फागुन २-नवलपरासीको बैदौलीमा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिदाँ एक जना गम्भिर घाईत्ते भएका छन् । झुलनीपुर त्रिबेणी सडक खण्ड अन्तर्गत प्रतापपुर गाऊपालिका वडा नं ५ बैदौलीमा झुलनीपुर बाट जादै गरेको युपी ५६ एफ २०२२ नम्बरको मोटरसाईल र बिपरित दिशाबाट आउदै गरेको साईकल यात्रीलाई ठक्कर दिदाँ मोटर साईकल चालक प्रतापपुर वडा नं २ घोडहाँ बस्ने (३०) बर्षिय बृजलाल हरिजन गम्भिर घाईते भएका हुन । अर्को साईकल सवार प्रतापपुर ५ बस्ने मुबारक अन्सारी समान्य घाईते भएका थिए गम्भिर घाईत्ते भएका हरिजनलाई सशस्त्र प्रहरीको सहयोगमा सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाईएको सशस्त्र प्रहरी बोर्डर आऊट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरक्षक तेज बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया