दैलेखमा अञ्जुको सांगितिक धमाका

दैलेखमा अञ्जुको सांगितिक धमाका


दैलेख फागुन ५- गत सोमवारबाट सुरु भएको दैलेख साँस्कृतिक महोत्सबको शनिवार छैटौ दिन । आधुनिक गित संगित भन्ने वित्तीकै हुरुक्कै हुने दैलेखी दर्शकहरुको भिडले दैलेख सदरमुकामको काँडाचौर भरिभराउ बनिसकेको थियो । शनिवार विदाको दिन परेको कारण पनि महोत्सबमा दर्शकहरुको भिड ह्वात्तै बढेको थियो । त्यसमाथी पनि नेपाली सांगितिक क्षेत्रकी चर्चित गायिका अञ्जु पन्त आउने खबर पाएका दर्शकहरु विहानै देखि अञ्जुको पर्खाइमा थिए ।
महोत्सब सुरु भएको दिन देखी खाली हुने दर्शक मञ्च विहानै देखि भरिभराउ देखिन्थ्यो । महोत्सको सुरुमा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती हेरेका दर्शकहरु अञ्जु पन्तको बेग्र प्रतिक्षामा थिए । सधै रेडियो र मोवाइलहरुमा सुमधुर आवाजमा आधुनिक गितहरु सुनेका दैलेखी दर्शकहरु अञ्जुलाई प्रत्यक्ष रुपमा देख्नलाई निकै आतुर देखिन्थे । पहिलो दैलेख आइडलमा प्रथम भएका बाल कलाकार रुपश चन्दले प्रस्तुती दिइरहदा अञ्जुको आगमन भयो । दर्शकहरु एक्कासी हुटिंग गर्न थाले । उनि दर्शक दिर्घाको नजिकै पुग्दा दर्शक दिर्घामा हलचल मच्चीयो । सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई दर्शकहरुलाई सम्हाल्ने हम्मे हम्मे पर्यो ।

केहि समयको विश्राम पछि प्रस्तुती दिएकी गायिका अञ्जुले जिन्दगी यो फूलैफूलको थुंगो हुँदैन बोलको सांगितिक कोशेली पस्कीइन् । सुरु देखिनै दर्शकहरुको हुटिंग संगै साथ पाएकी अञ्जुले दर्जनौ गितहरु गाइन् । नबिर्सें तिमीलाई न पाएँ तिमीलाई, भन्छु आज, सुर्के थैली, चरि चट्ट परिलरिलै, मत अलपत्रै पर्छु तिमी नभएको बेला, तिमी रोएको पल तिमीलाई हसाउन नसकुला म लगायतका चर्चित गीत गाएकी अञ्जु पन्तलार्य दर्शकहरुले भरपुर साथ दिए ।
विशेष गरि माया प्रेमले भरिएका गितहरु गाउने अञ्जुको गितहरुमा दर्शकहरु कम्मर मर्काई मकाई नाचे । बर्षौ देखि अञ्जुका गितहरु सुन्दै आएका दैलेखी दर्शकहरु उनलाई प्रत्यक्ष रुपमा देख्न पाउदाँ निकै खुसी भएको प्रतिक्रीया दिएका छन् । दैलेखको शान, पर्यटकिय क्षेत्रको प्रचार प्रसार हाम्रो अभियान भन्ने मुल नाराका साथ रिर्पोटर्स क्लब दैलेख शाखाको आयोजनामा गरिएको दैलेख साँस्कृतिक महोत्सब हेर्न आएका हजारौं दर्शकलाई अञ्जुले भरपुर मनोरञ्जन दिएकी छिन् । आयोजकका अनुसार शनिार १० हजार भन्दा बढी दर्शकहरुले मेला अवलोकन गरेका छन् ।

प्रतिक्रिया