दुल्लूमा मा.बि. स्तरिय खुला कविता प्रतियोेगिता

दुल्लूमा मा.बि. स्तरिय खुला कविता प्रतियोेगिता

६८ आँै राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सोमबार दुल्लूमा मा.बि. स्तरिय खुला कविता प्रतियोेगिता सम्पन्न भएको छ । प्रतियोगितामा दुल्लू नगरपालिका भित्रका बिभिन्न बिद्यालयबाट ८ जना बिद्यार्थीले भाग लिएका थिए । सहभागिहरुमध्यबाट धुलेश्वर माध्यमिक बिद्यालयकी छात्रा मनिसा कुमारी उपाध्याय प्रथम भएकी छन । यस्तै दृतिय देबी मा.वि. बिनायकका छात्र बखत बहादुर खत्री , तृतिय नेरामावि कृतिखम्बकी छात्रा यमुना कुमारी पुरी र सान्तवना पंचकोशी ज्वाला माविकी छात्रा संगिता योगी भएकी छन । प्रतियोगीहरुलाई प्रमाणपत्र र पुरस्कार समेत बितरण गरिएको थियो । दुल्लू नगरपालिकाले प्रजातन्त्र दिवसको अवसरमा आइतबार दुल्लू क्षेत्रमा रहेका मन्दीरको सरसफाई गरेको थियो भने भोली मंगलबार मा.वि. स्तरिय निवन्ध प्रतियोताको आयोजना गरेको छ ।

दुल्लू नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुब्र्रराज आचार्याको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा दुल्लू नगरपालिकाका उप प्रमुख बिश्णु थापा , नेपाली काँग्रेसका नगर सभापति टंक रिमाल , नेकपा एमालेका बरुनाथ योगी , विजया मा.वि.का प्राधानाध्यापक केशव भण्डारी , द्रोेणाचल क्याम्पसका प्रमुख नरेन्द्र बोहोरा लगाएतले प्रजातन्त्र दिवसको अवसरमा सुभकामना मन्तब्य दिनु भएको थियो । दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीको अध्यक्ष्तामा भएको कार्यक्रमको संचालन दुल्लू नगरपालिकाका योजना अधिकृत सम्सेर बहादुर शाहीले गर्नु भएको थियो ।

प्रतिक्रिया