बाल अधिकारमा आधारित योजना तर्जुमा तथा निर्माणका विषयक अभिमूखीकरण

बाल अधिकारमा आधारित योजना तर्जुमा तथा निर्माणका विषयक अभिमूखीकरण


केन्द्रीय बाल कल्याण समितिको आयोजनामा ‘बाल अधिकारको दृष्टिकोणबाट स्थानीयतहको योजना तर्जुमा प्रक्रिया, स्थानीय तहमा बाल संरक्षण कार्य विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गुराँस गाउँपालिकाको समन्वयमा फाल्गुन ९ गते सम्पन्न उक्त अभिमुखिकरण कार्यक्रममा गुराँस गाउँपालिकाका जनप्रतिनिधिहरुका साथै स्थानीय तह स्थित बाल संरक्षणमा कार्य गर्ने सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
स्थानीय तहमा बाल अधिकारमा आधारित अर्थपुर्ण सहभागितामूलक योजना तर्जुमा प्रक्रियालाई प्रभावकारी बनाउनुका साथै स्थानीय तहमा बाल संरक्षण कार्यप्रति सबेदनशील बनाउन उदेश्यले केन्द्रीय बाल कल्याण समितिले कार्यक्रमको आयोजना गरेको हो ।
गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गुराँस गाउँपालिकालाई बाल मैत्री वनाउनको लागि सवै सरोकारवाला निकायहरुले बाल केन्द्रित तथा बाल अधिकारमा आधारित योजना तर्जुमा तथा निमर्माण प्रक्रिया र गतिविधि संचालन गर्नु पर्ने बताए ।’ उनले भने, ‘दक्ष जनशक्ति र पर्याप्त श्रोतको अभावका कारण बाल अधिकारलाई सुनिश्चित गर्नका लागि स्थानीय तहमा समस्याहरु देखिरहेका छन् । यसको समाधान गर्न बालअधिकारको क्षेत्रमा काम गर्ने सबै एकजुट हुन र एक द्धारा प्रणालीबाट कार्य गर्न आवश्यक छ ।
बाल अधिकारमा आधारित योजना तर्जुमा प्रक्रिया तथा विधिलाई प्रभाकारी कार्यन्वयन गराउन बाल संरक्षणको लागि भएका नीतिगत व्यवस्था, बाल अधिकारको संरक्षण गर्ने कार्यका लागि सरोकारवाला निकायहरुको भूमिका विषयमा छलफल भएको थियो । बाल विवाह, बाल श्रम, गर्भ पतन, यौन दुव्र्यबहार, बाल भेदभाव, कुपोषण, अपाङ्कता, ड्रप आउट, बाल श्रम लगायतका समस्याहरु जिल्लामा रहेको सहभागीले गुनासो गरेका थिए । त्यसैगरी डिप्रेसन, छाउपडी प्रथा, सडक आश्रित बालबालिका र गरिवीमा बालबालिका, बाल सम्वेदनशिल अभिभावक शिक्षा नहुनु, शारीरिक तथा मानसिक दण्ड सजाय, बाल आवाज सुनाई नहुनु संग सम्वन्धित समस्या रहेको सहभागीले बताए ।
गुराँस गउँपालिकाका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा आयोजित कार्यक्रमको सहयोग र सहजीकरण सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले गरेको थियो भने कार्यक्रमको प्रस्तुतीकरण तथा सहजीकरण केन्द्रीय बाल कल्याण समितिका बाल अधिकार स्रोत व्यक्ति डम्वर वहादुर रोकाय र महिला विकास अधिकृत पवित्रा पुरीले गरेकी थिईन ।

प्रतिक्रिया