श्रमिकको रुपका काम गर्दै आएका महिला तथा बालिकाको अनुगमन

श्रमिकको रुपका काम गर्दै आएका  महिला तथा बालिकाको अनुगमन

दैलेखको होटल ज्वालामुखिमा अनुगमन गर्दै महिला विकास अधिकृत सहितको टोली ।

नारायण नगरपालिकाको वडा नं. १ मा रहेको सदरमुकाम दैलेख बजारमा श्रमिकको रुपमा काम गर्दै आएका महिला तथा बालिकाहरुको अनुगमन गरिएको छ । दैलेख सदरमुकाममा संचालनमा रहेका विभिन्न होटलहरुमा महिला तथा बालिकाहरु श्रमिकको रुपमा काम गरे नगरेको बारे अनुगमन गरिएको हो । महिला तथा बालबालिका कार्यालय दैलेखको अगुवाईमा दैलेख जिल्लामै पहिलो पटक श्रमिक महिला तथा बालिकाहरुको अनुगमन गरिएको हो । दैलेख सदरमुकामका रहेको दुई दर्जन बढी होटलहरुमा अनुगमन गरिएको महिला तथा बालबालिका कार्यालय दैलेखकी महिला विकास अधिकृत पवित्रा पुरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार सदरमुकामका संचालनमा रहेका होटलहरुमा छिटफुट रुपमा महिला तथा बालिकाहरु श्रमिकको रुपमा काम गरेको पाइएको छ । होटलहरुमा श्रमिका रुपमा काम गर्दै आएका महिला तथा बालिकाहरुलाई पुर्नस्थापनका लागि पहल थालिने महिला विकास अधिकृत पवित्रा पुरीले बताइन् । भर्खरै मात्र महिला तथा बालबालिका कार्यालय दैलेखमा आउनुभएकी महिला विकास अधिकृत पवित्रा पुरीका अनुसार जिल्लामा श्रमिकको रुपमा काम गर्दै आएका महिला तथा बालिकाहरुको अनुगमन गरि पुर्नस्थापनका लागि पहल गरिने भएको छ ।
जिल्ला सदरमुकामका होटलहरुमा गरिएको अनुगमनमा महिला तथा बालबालिका कार्यालय दैलेखकी महिला विकास अधिकृत पवित्रा पुरी, राष्ट्रिय बाल संरक्षण संजाल प्रदेश नं. ६ का संयोजक एंव सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, जिल्ला प्रशासन कार्यालय दैलेखका सुव्वा गणेश शर्मा, सहायक महिला विकास निरिक्षक गिता बुढा, प्रहरी निरिक्षक एकेन्द्र खड्का, बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठ र पत्रकार हिक्मत नेपाली सहभागि थिए ।

प्रतिक्रिया