‘तीन वर्षमै झलिमिलि नगर’

‘तीन वर्षमै झलिमिलि नगर’

फोटो – विद्युत लाइन विस्तारको उद्घाटन गर्दै नगरप्रमुख शाही ।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा पहिलो पटक विद्युत लाईन विस्तार गरिएको छ । उज्यालो नगरपालिका बनाउने उद्देश्यका साथ नगरपालिकामा पहिलो पटक विद्युत लाइन विस्तार गरिएको हो । नगरपालिकामा पहिलो पटक विद्युत लाइन विस्तार भएपछि स्थानीयहरु हर्षित भएका छन । लाइन विस्तार भएर बत्ति बलेपछि रातीमा अध्ययन गर्न, ठुला उद्योगहरु संचालन गर्न पाउने नगरवासीको अपेक्षा छ ।
विद्युतको लाइन विस्तारको उद्घाटन गर्न पुगेका चामुण्डाविन्द्रासैनी नगरपालिका प्रमुख सुर्यबहादुर शाहीले तीन वर्षमा नगरपालिका सबै वडाहरुमा बत्ति पु¥याउने प्रतिवद्धता जनाए । पहिलो चरणमा नगरपालिका मुख्य बजारहरुमा बत्ति पु¥याउने काम अन्तिम चरणमा पुगेको उनको भनाई छ ।
‘अब कोही नागरिकहरु अध्याँरोमा बस्नु पर्नेछैन ।’ उनले भने, ‘नगरपालिकाले विद्युतका लाइन विस्तारलाई प्रथामिकता दिनेछ ।’ पहिलो चरणमा नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ मा मेन लाइन विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताए । अबको २ महिना भित्रै यही वडाहरु बत्ति बल्ने नगर प्रमुख शाहीको भनाई छ ।
नगरपालिकाको १५ लाख र संसद विकास कोषको २४ लाख सहयोगमा चामुण्डाविन्द्रासैनी मा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दैलेखको प्राविधिक सहयोगमा को लाइन विस्तार गरिएको हो । सो क्षेत्रमा विद्युत् विस्तार गर्नका लागि १ सय ३५ वटा स्टिलको खम्बा गाडिएर लाइन विस्तार गरिएको चामुण्डाविन्द्रासैनी विद्युत लाइन विस्तार उपभोक्ता समितिका अध्यक्ष हस्तप्रसाद शर्माले जानकारी दिए ।
गत फागुनबाट सो क्षेत्रमा विद्युतीकरण गर्न खम्बा गाड्ने काम सुरु गरिएको थियो । स्थानीय निर्वाचनका कारणले गर्दा काम गर्न केही ढिलाई भएको उपभोक्ता समितिका अध्यक्ष शर्मालले बताए । लाइन विस्तारमा कुनैपनि ढिलाई नहुने बताउदै अबको २० दिन भित्रै लाइन विस्तारको काम सकिने उनले जिकिंर गरे ।
चामुण्डाविन्द्रासैनी नगरपालिकामा ४ हजार ४४२ घरधुरी रहेका छन । विद्युतको लाइन विस्तार गर्दा पहिलो चरणमा १ हजार ५ सय भन्दा बढी लाभान्दित हुनेछन । हालसम्म नगरपालिकाको कुनैपनि स्थानमा नेपाल विद्युत प्राविधिक करण वा नीजि क्षेत्रबाट उत्पादित विद्युत पुगेको छैन् ।

 

प्रतिक्रिया