जोखिममा रहेका बालबलिकाहरुलाई सहयोग

जोखिममा रहेका बालबलिकाहरुलाई सहयोग

दैलेख गुरास गाउँपालिकामा जोखिममा रहेका विपन्न बालबालिकाहरुलाई सहयोग रकम प्रदान गरिएको छ ।
जिल्ला वाल कल्याण समिति दैलेखको निर्णय वमोजिम केन्द्रिय वाल कल्याण समितिले जोखिममा रहेका वालवालिकालाई आपतकालिन सहयोग अन्तरगत गुराँस गाउँपालिकामा रहेका ४ जना वालवालिकालाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।
गुरास गाउँपालिकाकी कक्षा ७ मा अध्ययनरत सुनिता पुनमगर, कक्षा २ मा अध्ययनरत सुनिता सुनार, कक्षा २ मा अध्ययनरत सरिता नेपाली र कक्षा ९ मा अध्ययनरत तेज बहादुर वि.क.लाई प्रति व्यक्ति ४ हजारका दरले सहयोग रकम प्रदान गरिएको हो । सहयोग रकम गुराँस गाउपालिाका अध्यक्ष खेमराज वली र जिल्ला वाल कल्याण समितिका सदस्य हीरासिंह थापाले वितरण गरेका हुन् ।
सोसेकद्धारा संचालित वाल हेल्पलाईन १०९८ (दश नौ आठ) मा आएको जानकारी जिल्ला वाल कल्याण समितिको निर्णय वमोजिम रकम वितरण गरिएको हो साथै हेल्पलाईनमा रहेका २ जना वालवालिकालाई पनि सहयोग गरिने कुरा वाल अधिकार श्रोत व्यक्ति डम्वर वहादुर रोकायले वताउनु भयो ।

प्रतिक्रिया