समुदायमा आधारित बाल क्लव गठन

समुदायमा आधारित बाल क्लव गठन

गुराँस गाउँपालिका वडा नं. ३ पारीगाँउमा समुदायमा आधारित वाल क्लव गठन गरिएकोछ । वडा नं. ३ पारीगाँउका धन कुमारी विकको अध्यक्षतामा १५ सदस्य रहेको चेतनशिल वाल क्लव वडा ३ का वडा अध्यक्ष गंगाराम खत्रीको रोहवरमा गठन गरिएको हो । वाल क्लवका उपाध्यक्ष जगदिश विक, सचिव तारा विक, सहसचिव सन्तोष विक, कोषाध्यक्ष विनिता विक सदस्यहरुमा क्रमश मनिशा विक, महेन्द्र विक, गिता विक, अन्जुली विक, लक्ष्मि विक, शुसिल विक, रीता विक, वखत विक, रेशम विक र निर्मला विक रहेका छन् ।

वाल क्लवको मासिक वैठक हरेक महिनाको पहिलो सनिवार दिउसो १ वजे वस्ने निर्णय गरिएको वाल क्लवका अध्यक्ष धन कुमारी विकले वताईन । आफ्नो टोलमा जोखिममा रहेका वालवालिकाको पहिचान गरी वडा वाल संरक्षण समितिमा पठाउने र टोलमा विद्यालय वाहिर रहेका वालवालिकालाई विद्यालय पठाउने कार्य योजना वनाई ार्यान्वन गर्ने रहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखका छाउपडि अभियान्ता ईन्दा कुमारी खड्काले जानकारी दिनु भयो । गुराँस गाउँपालिकासंगको साझेदारीतामा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले गुराँस गाउँपालिकालाई नै वाल मैत्री स्थानीय शासन कार्यक्रम लागु गरेको र यस वडामा वालविवाह न्युनिकरण गर्ने, छाउपडि प्रथाको अन्त्य गर्ने कार्य योजना रहेको वडा नं. ३ का वडा अध्यक्ष गंगाराम खत्रीले वताउनु भयो ।

प्रतिक्रिया