सुस्तश्रवण र बहिरा स्रोत कक्षा १२ बर्ष देखि दरबन्दी बिहिन

सुस्तश्रवण र बहिरा स्रोत कक्षा १२ बर्ष देखि दरबन्दी बिहिन


दैलेख चैत्र ४ — दैलेखको नारायण नगरपालिकामा रहेको जिल्ला सदरमुकाम नजिकै भुर्तीमा रहेको रेडक्रस माविमा सुस्तश्रवण र बहिरा स्रोत कक्षा सञ्चालन सांकेतिक भाषाको कक्षा सुरु भएको १२ बर्ष वित्यो । सुस्तश्रवण र बहिरा स्रोत कक्षा सञ्चालन गरिरहेको रेडक्रस माविमा सांकेतिक भाषाको दरबन्दीका शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । स्रोत कक्षाका लागि १२ वर्षदेखि शिक्षक दरबन्दी रिक्त छ । स्रोत कक्षामा कक्षा ५ सम्म १५ जना विद्यार्थी अध्ययनरत छन् । सांकेतिक भाषाको दरबन्दी नहँुदा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ । विद्यार्थीलाई बस्न छात्रावास निर्माण गरिए पनि पूर्वाधार विहीन भएको विद्यार्थीले गुनासो गरेका छन् । स्रोत कक्षामा १० जना बराबर एक शिक्षक दरबन्दी हुनुपर्ने भए पनि जिल्ला शिक्षा कार्यालयले अहिलेसम्म दरबन्दीको व्यवस्था गरेको छैन् । स्रोत कक्षाका लागि रेडक्रस माविको खाताबाटै रकम निकासा हुँदै आएको छ । विद्यार्थीले चाहेका बेला खाद्यान्न, शैक्षिक सामग्री खरिद खर्च लगायतका सुविधा पाउन नसकेको शिक्षक लक्ष्मीप्रसाद रेग्मीले बताए । उनले स्रोत कक्षाको आफ्नै बैंक खाताको व्यवस्था नहुँदा खेलकुद र फर्निचर खरिद गर्न नसकेको गुनासो पोखेका छन् ।
शिक्षक रेग्मीले आफूले पाएको तलबबाट पाँच हजार रुपैयाँ दिएर एकजना थप शिक्षक राखेका छन् । एकजनाले मात्र पढाउँदा विद्यार्थीलाई बुझ्न समस्या हुने भएपछि आफ्नै तलबबाट शिक्षक राखिएको उनको भनाइ छ । विद्यालयमा पर्याप्त पूर्वाधार नहुँदा विद्यार्थीहरू विद्यालय जान मान्दैनन् । कक्षा ५ सम्म मात्र पठनपाठनको व्यवस्था भएकाले माथिल्लो तहको शिक्षा लिन उनीहरूलाई समस्या छ । जिल्लामा माथिल्लो तहको कक्षा सञ्चालन नहुँदा पढाइ छोड्ने क्रम समेत बढेको छ ।कक्षा एकबाटै होस्टलमा बस्दै आएका चामुन्डाविन्द्रासैनी नगरपालिकाका १३ वर्षीय टोपेन्द्र शाहीले पर्याप्त पूर्वाधार नहुँदा पठनपाठनमा समस्या भएको बताए । उनि कक्षा ४ मा अध्ययनरत छन । ‘अन्य विद्यार्थीका लागि कम्प्युटर, खेलकुद, शैक्षिक सामग्री लगायतका सामग्री छन,’ उनले सांकेतिक भाषा मार्फत भने, ‘हामीलाई पनि ती सुविधा भए शिक्षण क्रियाकलाप सजिलो हुन्थ्यो ।’
माथिल्लो तह नहु“दा आफूहरूले बीचैमा पढाइ छाड्नुपर्ने समस्या रहेको कक्षा ५ मा अध्ययनरत १२ वर्षीय खगिसरा थापामगरले बताइन । उनले कक्षा ६ को अध्ययनका लागि सुर्खेत वा बाहिरका जिल्लामा जानुपर्ने समस्या भएको बताइन । ‘घरको आर्थिक अवस्था राम्रो छैन,’ उनले भनिन्, ‘कम्तीमा एसईईसम्म अध्ययन गर्ने धोको छ तर, जिल्लामा हाम्रा लागि त्यो सुविधा नहु“दा समस्या छ ।’ त्यस्तै दुल्लु नगरपालिकामा दृष्टिविहीनका लागि लागि सञ्चालन गरिएको स्रोत कक्षामा पनि पूर्वाधार नहुँदा समस्या भएको छ । शिक्षिका तुल्सी भण्डारीले जिल्लाभरका करिब १० प्रतिशत अपाङ्गता भएका बालबालिकाले मात्र प्राथमिक शिक्षा पाएको बताइन । उनका अनुसार स्रोत कक्षा सञ्चालन गरिए पनि त्यसको व्यवस्थापन हुन नसक्दा पठनपाठनमा समस्या भएको छ । जिल्लामा अपाङ्ग बालबालिकाको खोजी गरी उनीहरूका लागि पठनपाठनको व्यवस्था गर्नुपर्ने महिला तथा बालबालिका कार्याmय दैलेखकी महिला विकास अधिकृत प्रमुख पवित्रा पुरीको भनाई छ ।

प्रतिक्रिया