नमूनाको रुपमा “युवा संसद” बनाइने

नमूनाको रुपमा “युवा संसद” बनाइने

दैलेख चैत्र ७-जिल्ला युवा समितिका अध्यक्ष चन्द्रप्रसाद दाहालले युवाहरुलाई लक्षित गर्दै “यूवा संसद” स्थापनाका लागि पहल भइरहेको बताएका छन् । युवाहरुका लागि लक्षित गर्दै उनिहरु राजनीतिबाट भविष्यमा संसदमा पुगेपछि कसरी प्रस्तुत हुने भन्ने बारे स्थानीय स्तरबाटै जानकारी दिने उदेश्यले युवा संसदको खाका बनाइएको बताए । उनले जिल्लामा नमूनाको रुपमा दैलेखको एउटा स्थानीय तहमा युवा संसद स्थापना गरिने भएको बताए । उनका अनुसार पहिलो पटक नमूनाको रुपमा नारायण नगरपालिकामा युवा संसद स्थापनाका लागि छलफल चलाइएको बताए । अध्यक्ष दाहालले जिल्ला युवा समिति मार्फत दैलेखका युवाहरुलाई उद्यम क्षेत्रमा लगाईने बताएका छन् । बुधवार जिल्ला यूवा समिति दैलेखको कार्यालयमा आयोजित यूवा निती २०७२, यूवा भिजन २०५५, युवा मुद्धा तथा कार्यक्रमबारे पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जिल्लाका ११ वटै स्थानीय तहहरुमा रहेका युवाहरुलाई उनीहरुको आय आर्जनमा सहयोग पुग्ने उद्देश्यले बिभिन्न उद्यम बिकास कार्यक्रम संचालन गर्न लागेको बताए । उनले जिल्ला युवा समिति निर्माण भएको २ बर्ष भएपनि सरकार परिवर्तनका कारण काम हुन नसकेको बताए । अघिल्लो बर्ष बिभिन्न कार्यक्रम संचालन गर्ने भने पनि संचालन हुन नसकेको भन्दै अर्को आर्थिक बर्षमा बिभिन्न कार्यक्रमहरु संचालन हुने बताए । राष्ट्रिय युवा परिषद मार्फत जिल्लामा गठन गरिएको जिल्ला युवा समितिले हाल सम्म गरेको बिभिन्न कार्यक्रम बारे जानकारी दिन उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला यूवा समितिका कार्यालय प्रमुख भिम प्रसाद शर्मा, कम्प्युटर अपरेटर अजय श्रेष्ठ लगाएत जिल्लामा क्रियालिश पत्रकारहरु सहभागि थिए ।

प्रतिक्रिया