वन डढेलो व्यवस्थापन सम्बन्धि जनचेतनामुलक र्याली

वन डढेलो व्यवस्थापन सम्बन्धि जनचेतनामुलक र्याली

  
ज्वाला संदेश अनलाइन
दैलेख चैत्र ८- जिल्लामा वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि एक दिने जनचेतनामुलक ¥याली गरिएको छ । जिल्ला वन कार्यालय दैलेखको आयोजनामा जिल्ला सदरमुकाममा ¥याली निकालिएको हो ।

जिल्ला सदरमुकामको स्थानीय गणेश चोकबाट निकालिएको ¥याली पुरानो बजार परिक्रमा पश्चात जिल्ला समन्वय समिति दैलेखको हलमा सभामा परिणत भएको थियो ।

निर्वाचित जनप्रतिनीधि, सरकारी तथा गैरसरकारी निकायका प्रमुख, प्रतिनीधिहरु,  विभिन्न वन वन उपभोक्ता समितिका पदाधिकारीहरु, विद्यार्थी, नेपाली सेनाको सहभागितामा जनचेतनामुलक ¥याली गरिएको हो । जिल्ला वन कार्यालय दैलेखका अनुसार वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु गरिनेछ ।

प्रतिक्रिया