हिंसा पिडित महिलाहरुलाई राहत उपलब्ध गराइने

हिंसा पिडित महिलाहरुलाई राहत उपलब्ध गराइने

दैलेख चैत्र १६ -हिंसा पिडित तथा आर्थीक रुपमा विपन्न महिलाहरुलाई आर्थीक सहयोग तथा राहत प्रदान गरिने भएको छ । लैङ्गिक हिंसा निवारण कोष संचालन नियमावली २०६७ को नियम ११ बमोजिम बिहिवार दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाको अध्यक्षतामा बसेको राहत समितिको बैठकले यस्तो निणर्य गरेको हो । बैठकले हिंसा पिडित तथा आर्थीक रुपमा विपन्न महिलाहरुलाई आर्थीक सहयोग गर्न महिला तथा बालबालिका कार्यालयमा पर्न आएका निवेदनका आधारमा औषधी उपचार तथा पोषण युक्त खानाको लागि आर्थीक सहयोग तथा राहत वितरण गर्ने निणर्य गरिएको महिला तथा बालबालिका कार्यालय दैलेखकी महिला विकास अधिकृत पवित्रा पुरीले जानकारी दिनुभएको छ ।
बैठकले तुर्माखादँ गाउँपालिका अछामकी जमुना रावललाई नगद ५ हजार रुपैयाँ प्रदान गर्ने निणर्य गरेको छ । यस्तै दुल्लु नगरपालिका वडा नं. ११ की बाल कुमारी शाहीलाई नगद ५ हजार, महावु गाउँपालिका वडा नं. ६ की पुजा काफ्लेलाई नगद ५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने निणर्य गरिएको छ । यसैगरि श्रीमानबाट पिडित चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ४ की डम्बर कुमारी रावतलाई लैङ्गिक हिंसा निवारण संचालन नियमावली २०६७ को नियम १४ (क) बमोजिम सो को परिधि भित्र रहि उद्धार औषधी उपचार, कानुनी उपचार र पृुर्नस्थापनामा सहयोग गर्ने निणर्य गरिएको महिला विकास अधिकृत पवित्रा पुरीले जानकारी दिनुभएको छ । बैठकमा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सरोज पौडेल, सोसेक दैलेखकी सहायक निर्देशक दुर्गा गिरी, महिला तथा बालबालिका कार्यालयकी गिता बुढा, सरला रेग्मी, पत्रकार हिक्मत नेपाली र जिल्ला स्वास्थ्य कार्यालय दैलेखका कलम थापा सहभागि थिए ।

प्रतिक्रिया