भ्रमण पछिको प्रभाव – बाल विवाह रोक्ने अभियानको सुरुवात

भ्रमण पछिको प्रभाव – बाल विवाह रोक्ने अभियानको सुरुवात

दैलेख चैत्र २१- रुकुम पश्चिमको चौरजहारी नगरपालिकाकी उप–प्रमुख राधा रोका यहि चैत्र १३ गते देखि १६ गते सम्मका लागि दैलेख जिल्लाको आठवीस नगरपालिका, गुराँस गाउँपालिका र दैलेख जिल्लामा बाल विवाह रोक्ने अभियानमा लागेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको भ्रमण सकि फर्किइन् । त्यसको केहि दिन पछाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा १५÷१५ बर्षका बालजोडीको बिवाह चौरजहारी नगरपालिकाको उपप्रमुखको पहलमा रोकेर अभिभावकको जिम्मा लगाइदिनु भएको छ । त्यसको साथ साथै बालबालिकाको क्षेत्रमा काम गदै आएको गैरसरकारी संथाले वालविबाह न्यूनीकरण अभियानको थालनी पन संगै सुरु गरेको छ । रुकुमेली समाज विकास केन्द्रले बालविबाह न्यूनीकरण गर्ने उद्देश्यले गाउँ गाउँमा हुने बाल विबाहमा सहभागि नहुँन कर्मचारी र कार्यसमितिलाई निर्देशन दिईएको हो ।
मंगलबार बसेको कार्यसमिती बैठकले जिल्लामा बालविबाह व्यापक रहेको र न्यूनीकरणको लागि परिर्वतनको सुरुवात आफैबाट गर्ने भन्दै रुकुमेली समाज विकास केन्द्रका कार्यसमिति र कर्मचारी कुनै पनि बालविबाहमा सहभागि नहुँन उर्दि जारी गरेको छ । कर्मचारी तथा सस्थाका कार्यसमितीहरुलाई पहिलो चरणमा वालविवाहमा सहभागि भएको पाईएमा स्पष्टीकरण सोध्नुको कारबाही गर्ने चेतवानी समेत दिईएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिएका छन् ।


उनले भने, जसको लागि संस्थाको वाल संरक्षण निति २०७१ लाई परिमार्जन गरि थप विषयहरु समावेश गर्ने जनाएको छ । सो निति परिमार्जन तथा संशोधनका लागि ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरिएको छ । जसको लागि रुकुमेली समाज विकास केन्द्रका सदस्य प्रविर ददेल, कार्यकारी निर्देशक भिमबहादुर केसी र वाल संरक्षण अधिकृत कुबेर केसी सशोधन समितीमा रहेका छन् ।
बालमैत्री स्थानीय शासन लागु भएको दैलेखको आठवीस नगरपालिका वडा नं. ४ राकमकर्णाली, सोहि अभियानमा लागेको गुराँस गाउँपालिका र बाल विवाह रोक्ने अभियान चलाउदै आएको दैलेखको सामाजिक सेवक केन्द्र (सोसेक) नेपाल दैलेखले संचालन गरेको गतिविधिहरुको स्थलगत भ्रमण पश्चात रुकुम पश्चिममा जनप्रतिनीधि र सामाजिक संघसंस्था बाल विवाह रोक्ने अभियानमा जुटेको चौरजहारी नगरपालिकाकी उप–प्रमुख राधा रोकाले बताइन् ।
उनले दैलेख जिल्लामा सोसेकले चलाएको अभियान देखेर रुकुममा पनि त्यसरी नै अभियान चलाइएको बताइन् । बाल संरक्षण संजाल नेपाल कर्णाली प्रदेशका संयोजक एंव सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका सस्थाकि अध्यक्ष हीरासिंह थापाले कर्णाली प्रदेशमा बाल विवाहको अवस्था भयाभह भएकोले बाल विवाह रोक्नका लागि कर्णाली प्रदेशका निर्वाचित जनप्रतिनीधिहरु एक जुट हुनुपर्ने बताए । उनले स्थानीय तहका जनप्रतिनीधिहरुले नै बाल विवाह रोक्ने अभियानमा सक्रिय हुनुभएको खण्डमा मात्रै यो अभियानले सार्थकता पाउने बताए ।

प्रतिक्रिया