महिला अधिकारका लागि सामाजिक जागरुकता -डाँगी

महिला अधिकारका लागि सामाजिक जागरुकता -डाँगी

दैलेख, चैत २४ – डुङ्गेश्वर गाउँपालिका वडा नंं. १ का वडाध्यक्ष लोकबहादुर डाँगीले सामाजिक जागरुकताले महिला लगायतका पिछडिएको वर्ग क्षेत्रको मानवअधिकार प्रत्याभूतीमा सहज भएको बताएका छन् ।
इन्सेकको इएलपी कार्यक्रम अन्तरगत गठित मानवअधिकार निगरानी समूहले आज बेलपाटामा आयोजना गरेको महिला अधिकार र सामुदायिक जिम्मेवारी विषय अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेका छन् ।
त्यसबखत प्रहरी चौकी चुप्राका इञ्चार्ज धनबीर धामीले महिला हिंसा र महिला माथि हुने सबै प्रकारका भेदभावका दोषीहरुलाई प्रहरीले कडा कारवाही गर्ने गरेको बताउदै पींडा लुकाएर नबस्न महिलाहरुलाई आग्रह गरे ।


डुंगेश्वर गाउँपालिका स्तरीय बाल क्लवका अध्यक्ष अनिता लामाले बालबालिका र महिला सधैं जोखिममा रहेकोले उनीहरुको सुरक्षामा परिवार, समुदाय र राज्यका निकायहरु अझैं संवेदनशीले हुनुपर्ने सुझाव दिइन् ।
मानवअधिकार निगरानी समूहका सदस्य लता सुनारको अध्यक्षतामा भएको कार्यक्रममा डुंगेश्वर गाउँपालिका वडा नंं. १ का वडा सदस्य कमला केसी, वडा सचिव तिलक कार्की, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता उदय थापा लगायतले मानवअधिकारका विविध क्षेत्र र सामाजिक अग्रसरता विषयमा बोलेका थिए ।
कार्यक्रममा अगुवा महिलाहरु सुशीला शर्मा, अम्बी थापा, जसु हिरोजक, कौशिला सुनार, प्रेमदेबी सुनार, बालअधिकारकर्मीहरु सुनिता सोनी, पूर्णिमा गुरुङ्ग, सिर्जना भण्डारी लगायतले गाउँ ठाउँमा देखे बुझेका महिला अधिकार हनन्का अवस्था र समाजको समन्वय विषयमा आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया