दुई जिल्लाका नागरिक नियमित हवाई सेवाबाट वञ्चित

दुई जिल्लाका नागरिक नियमित हवाई सेवाबाट वञ्चित

हुम्ला । सुर्खेत–काठमाडौं नियमित हवाई उडानको तयारी भए पनि हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला र डोल्पाका नागरिक भने वर्षौंंदेखि नियमति हवाई सेवाबाट वञ्चित हुँदै आएका छन् ।

यी दुई जिल्लाको यातायातको एक मात्र विकल्प हवाई सेवा हो । प्रदेश सरकारले हुम्ला र डोल्पामा भने नियमित हवाई उडानको पहल नगरेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेश सरकारले चासो नदिँदा काठमाडौंबाट कर्णालीको हुम्ला र डोल्पा जाने यात्रु नेपालगन्ज र सुर्खेत हुँदै जानुपर्ने बाध्यता छ । हुम्ला र डोल्पामामा निजी कम्पनीको सिंगल इन्जिनको जहाज मकालु एयरले सेवा दिँदै आएको छ । यी दुई जिल्लामा मकालु एयरले यात्रुदेखि दैनिक उपभोग्य सामान ढुवानी गर्छ ।

प्रदेश सरकारले नेपाल एयरलाइन्ससहित अन्य निजी कम्पनीको जहाजलाई पनि हुम्ला र डोल्पामा सेवा विस्तारका लागि पहल गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।हाल सुर्खेत विमानस्थलबाट हुम्ला र डोल्पाका लागि अन्य निजी कम्पनीका जहाज जान छाडेका छन् । अन्य एयरलाइन्सका जहाज चीनको हिल्सा नाका मानसरोवर खुल्ने समयमा मात्रै नेपालगन्जका एयरपोर्टमा भरिभराउ हुने गरेका छन् ।

पर्यटकको सिजन नहुँदा ती जहाज पूर्वतिर केन्द्रित हुँदा हुम्ला र डोल्पाका नागरिकले नियमित सेवा पाउन सकेका छैनन् ।

 

प्रतिक्रिया