जन्म दिन मनाउने नयाँ तरीका, थापाले गरिव वालवालिकालाई दिए छात्रवृत्ति

जन्म दिन मनाउने नयाँ तरीका, थापाले गरिव वालवालिकालाई दिए छात्रवृत्ति

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापाले आफ्नो जन्म दिनको अवसरमा गरिव परिवारका वालवालीकाहरुलाई विद्यालय पोषाक लगाएत शैक्षिक साम्रगी वितरण गरेर जन्म दिन मनाएका छन् ।

जन्म दिनको दिन छात्रवृद्धि दिएका वालवालिकाको साथमा
जन्म दिनको दिन छात्रवृद्धि दिएका वालवालिकाको साथमा
जन्म दिनको दिन छात्रवृद्धि दिएका वालवालिकाको साथमा

सदरमुकाममा रहेको वाल मन्दिर आभाुत विद्यालयमा अध्यनरत वालवालिकाहरुलाई थापाले छात्रवृत्ति वितरण गरेर जन्म दिन मनएका हुन् । आफ्नै निवासमा संस्थापक अध्यक्ष थापाले कक्षा २, ३, ४ र ५ का ५ जना अतिगरिव जेहेन्दार वालवालिकालाई शुक्तवार कापी, कलम, ज्यामीती वक्स, झोला र विद्यालय पोषाक वितरण गरेका हुन् । वाल मन्दिर आधारभुत विद्यालयमा कक्षा ५ मा अध्यनरत सुजन वादी, कक्षा ५ का डिल वहादुर नेपाली, कक्षा ४ की सीता नेपाली, कक्षा २ का सन्तोष नेपाली र कक्षा २ काी राधिका नेपाली छात्रवृति वितरण गरि जन्म दिन मनाएका हुन् ।

पछिल्लो समय जन्मदिन खर्चिलो रुपमा मनाउने चलन आएपनि आफुले गरिव र जेहेन्दार वालवालीकाहरुलाई सहयोगको रुपमा शैक्षिक सामाग्री दिएर जन्मदिन मनाएको थापाले बताए । जन्मदिनको दिन छात्रवृद्धि वितरण गरि मनाउन आज नै काठमाण्डौवाट दैलेख वजार आएको थापाले जानकारी दिए छात्रवृद्धि वितरण समारोहमा थापाकी धर्मपत्नि सीता कुमारी रानाको सहभागिता रहेको थियो ।

छात्रवृद्धि दिई सहयोग गर्दै आउनु भएकोमा वाल मन्दिर आधारभुत विद्यालयका प्रधानाध्यपक टिका कुमारी थापाले दोसल्ला सहित थापालाई सम्मान गर्दै

छात्रवृद्धि वितरण समारोहमा आफ्नो विद्यालयका भाई वहिनीहरुलाई हरेक वर्ष जन्मदिनको दिन छात्रवृद्धि दिई सहयोग गर्दै आउनु भएकोमा वाल मन्दिर आधारभुत विद्यालयका प्रधानाध्यपक टिका कुमारी थापाले दोसल्ला सहित थापालाई सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया