नेपाली समाजमा महिला

नेपाली समाजमा महिला

दर्जनौ कानुनहरु बनाईन्छन्,
संग्रहालयमा सजाईन्छन यहाँ ।

कार्यान्वयन हुन्छन् तिनि,
नारी इज्जत सम्झाइन्छन् यहाँ

मित्रताको बाहानामा
सवुत कथन बङ्गयाईन्छ यहाँ ।

अपराध निर्मलिकरण गर्न,
उल्टै पिडित सम्झाइन्छन् यहाँ ।।

दर्जनौ कानुनहरु बनाईन्छन ,
संग्रहालयमा सजाईन्छन यहाँ ।।

कुकर्मको बर्को ओढी,
आदर्श टल्काउन कति मायर हुन्छन्, यहाँ

पिडितहरु उल्टै पिडा भोग्नु पर्दा
हर बखत काएर हुन्छन यहाँ ।।

दर्जनौ कानुनहरु बनाईन्छन ,
संग्रहालयमा सजाईन्छन यहाँ ।

अपराध जाँच्ने सूचक मध्ये,
अपराधीको राए काफी हुन्छ यहाँ ।

अनौठो कायरता,
सुशासनमा हरेककुरा माफी हुन्छन यहाँ ।

दर्जनौ कानुनहरु बनाईन्छन,
संग्रहालयमा सजाईन्छन यहाँ ।

वाक स्वतन्त्रताका नाममा
अश्लिलता प्रमुख ठानिन्छ यहाँ ।

दिदिबहिनि दाईभाई नाता गर्नु
धर्म अपराध मानिन्छ यहाँ ।।

दर्जनौ कानुनहरु बनाईन्छन,
संग्रहालयमा सजाईन्छन यहाँ ।
पवित्रा पुरी
महिला विकास अधिकृत
महिला तथा बालबालिका कार्यालय, दैलेख

प्रतिक्रिया