बिद्यालय जाने रहर पुरा

बिद्यालय जाने रहर पुरा

दैलेख बैशाष ४-दैलेखको गुराँस गाउँपालिकाका विभिन्न वडामा रहेको बालबालिकाहरुको विद्यालय जाने रहर पुरा भएको छ । उमेर पुगेर पनि विद्यालय जान बाट बञ्चित भएका गुराँस गाउँपालिकाका ३ जना बालबालिकाहरुको विद्यालय जाने रहर पुरा भएको हो । गुराँस गाउँपालिकाको वडा नं. ४ का पदम बहादुर वली, सोहि गाउँपालिकाको वडा नं. ६ का सृजना नेपाली र फुलमाया नेपालीलाई विद्यालयमा भर्ना गरिएपछि उनिहरुको विद्यालय जाने रहर पुरा भएको हो ।  

बैशाष १ गते बाट प्रधानमन्त्री केपी शर्मावलीले मुगुबाट सुरु गर्नुभएको विद्यार्थी भर्ना अभियान अन्तरगत, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, गुरासँ गाउँपालिका, जिल्ला समन्वय समितिले सयुक्त रुपमा तिनै जना विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गरेका हुन् । गुरासँ गाउँपालिकाको वडा नंं ४ का धर्म बहादुर वली र मोती वलीका छोरा ८ बर्षिया पदम बहादुर वलीलाई श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय घोडाबासमा कक्षा १ मा भर्ना गरिएको हो ।

८ बर्षिया बालक पदम बहादुर वलीको शारिरिक अवस्था कमजोर भएको बताइएको छ । यस्तै गुरासँ गाउँपालिकाकै वडा नं. ६ का राजेन्द्र नेपाली र नैनसरा नेपालीका २ जना छोरीहरुलाई श्री जयजनता माध्यामिक विद्यालयमा भर्ना गरिएको हो । दुई बालिकाका बुवा मद्यपान र ध्रुमपान गरि आमालाई दुःख दिन थालेपछि आमा नैनसरा नेपाली सुर्खेतबाट दैलेख आएर स्थानीयको गोठमा बस्दै आएकी छिन् । विद्यालयमा भर्ना गरिएका बालबालिकाहरुलाई विद्यालय पोषाक, झोला, कापी, कलम लगाएतका शैक्षिक सामग्री पनि प्रदान गरिएको हो ।

विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना तथा छात्रबृति प्रदान कार्यक्रममा गुरासँ गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत महेस केशर खनाल, जिल्ला समन्वय समिति दैलेखका इन्जिनियर हीरासिंह थापा, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज विसी, जयजनता माध्यामिक विद्यालयका प्रधानाध्यापक थिरेन्द्र कुमार विसी, जयजनता माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बुढा सहभागि थिए ।
साथै गुरासँ गाउँपालिका वडा नंं ६ को मेलपोखराका कक्षा ४ मा अध्ययनरत ९ बर्षिया भरत विसी र ७ कक्षामा अध्ययनरत ११ बर्षिया शान्ति विसीलाई विद्यालय पोषाक, झोला, कापी, कलम लगाएतका शैक्षिक सामग्री पनि प्रदान गरिएको छ । शैक्षिक सामग्री सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित सहयात्रा परियोजनाले गरेको हो ।

प्रतिक्रिया